ताजा अपडेट

सुपर मोडल स्टेट ५ प्रतियोगिता हुने

          |   187 Views   |   Published Date : 12th February 2018 |

27938929_548257415543247_1467281169_n

घोराही माघ २९ । लियो क्लव अफ तिलोत्तमा भृकुटि टावनले पाँच नम्वर प्रदेश स्तरीय सुपर मोडल अफ स्टेट ५ प्रतियोगिता गर्ने भएको छ ।

प्रदेश नम्वर ५ का १२ जिल्लाहरुको सहभागिता रहने उक्त प्रतियोगिता महिला तथा पुरुषहरुका लागि छुट्टाछुट्टै हुने आयोजक संस्थाले जनाएको छ । घोराहीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आयोजक संस्थाले बुटवलमा फागुणको तेस्रो साताबाट प्रतियोगिता सुरु हुने र चैत्रको पहिलो साता समापन हुने जानकारी दिएको छ । यसका लागि बुटवल, दाङ र नेपालगञ्जमा अडिशन हुने र फाइनल बुटवलमा हुने तयारी आयोजकले बनाएको छ ।


अडिशनमा सहभागि मध्ये ६०÷६० जनालाई प्रशिक्षणमा सहभागि बनाउने र अन्तिम फाइनल राउण्डमा १५ जनाबीच प्रतिशपर्धा हुने कार्यक्रम संयोजक एमडि न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा बिजयी हुने महिला तथा पुरुषलाई ५०÷५० हजार नगद, ट्रफि, गीफ्टह्याम्पर, म्यूजीक भिडियो लगायतका पुरस्कार दिइनेछ । यसैगरी फस्टरनरअफलाई ३५ हजार, सेकेण्ड रनरअफलाई २० हजार नगदसहित ट्रफिको व्यवस्था गरिएको आयोजक किरण न्यौपानेले जानकारी दिनुभयो ।
पूर्ण पारिवारिक वातावरणमा युवा र युवतीका लागि केन्द्रीय कोरियोग्राफरबाट प्रशिक्षण दिइने र प्रशिक्षणका क्रममा विभिन्न किसिमका तालिम, फोटोसूट, भ्रमणहरु गराइने योजना आयोजकले बनाएको छ । कार्यक्रममा सहभागि हुनका लागि ५ सय रुपैयाँ फर्म शुल्क र प्रशिक्षणका लागि १२ हजार रुपैयाँ लाग्नेछ ।

बुटवलमा प्रशिक्षण हुने भएकाले बाहिरी जिल्लाबाट जाने सहभागिहरुका लागि होस्टेलको व्यवस्था गरिएपनि सोको शुल्क आफै तिर्नुपर्ने गरी व्यवस्था गरिएको छ । १८ वर्षदेखि २४ वर्षसम्मका युवायुवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् । दाङको घोराहीमा फागुण ५ गते अडिशन हुनेछ ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशेष उपस्थितिमा कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा आयोजक संस्थाका विशाल पाण्डेय र अंकित न्यौपानेले पनि कार्यक्रमको बारेमा थप जानकारी दिनुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१