ताजा अपडेट

सांस्कृतिक कार्यक्रमले सबैको मन जित्नेछ : सांस्कृतिक संयोजक मिनराज भाट

          |   303 Views   |   Published Date : 12th February 2018 |

27544840_1725703774162997_3083812604263806871_n

घोराहिमा फागुन तीन देखी घोराहिमा हुन लागेको ब्यापारिक महोत्सवको बारेमा केही रोचक जानकारी बारे प्रकाश पार्दै सांस्कृतिक कार्यक्रमका संयोजक मिनराज भाटसँग भ्एको छोटो मिठो कुराकानी |

दाङ ,माघ २९|

> सांस्कृतिक कार्यक्रमको तयारी कसरी अगाडि बढेको छ ?

= सांस्कृतिक कार्यक्रमका लागि तयारी व्यापकरुपमा अगाडि बढेको छ । खासगरी कलाकार छनौंट गर्ने, उनीहरुको कार्यतालिका बनाउने काम भइरहेको छ ।

> महोत्सबमा छाडापन देखाउने कलाकारहरु कति छानिए त ?

= राम्रो प्रश्न गर्नुभयो । विभिन्न अनुभवहरुलाई संगालेर हामीले यो कुरामा बढि ध्यान दिएका छौं । महोत्सव वा अन्य विभिन्न कार्यक्रमहरुमा उछृंखलता प्रस्तुत गर्ने कलाकारहरुलाई हामीले कुनै स्थान दिएका छैनौं । महोत्सबमा कलाकार आवश्यक पर्छ । यो भन्दैमा समाजमा नपच्ने किसिमका गतिविधिहरु गर्न कसैलाई छुट छैन । तपाई ढुक्क हुनुहोस्, महोत्सबमा राम्रा, सभ्य कलाकारहरु नै आउनेछन् ।
> नाम चलेका कलाकारहरुको नाम बताई दिनुहोस् न ?
हामीले राष्ट्रि र स्थानीयस्तरमा नाम चलेका सबैजसो कलाकारहरुलाई समेट्ने जमर्को गरेका छौं । कतिपय आउनै पर्ने
कलाकारहरुको समय नमिलेकाले आउन सक्नु भएन ।

यति हुँदा हुँदै पनि सामाजिक अभियनताकारुपमा चिनिनु भएका कलाकारहरु धुर्मश–शुन्तली, प्रमोद खरेल, मनोज गजुरेल, कालिप्रसाद बासकोटा, हेमन्त शर्मा, बद्री पंगीनी, जुतु नेपाल, इन्दिरा जोशीलगायतका राष्ट्रिय र जिल्लाका राष्ट्र र स्थानीय स्तरमा ख्याती कमाउनु भएका सबै कलाकारहरु महोत्सबमा समावेश हुनुहुनेछ ।
> स्थानीय कलाकारहरुले आफूहरुलाई कम पारिश्रमिक दिएको गुनासो गरिरहेका छन् नी ?
हामीले सकेसम्म यहाँका कलाकार साथीहरुको पनि चित्त बुझाउनेछौं । विगतको जस्तो ठूलो महोत्सब नभएकाले पनि सायद सोँचे जस्तो नभएको होला । तर पनि चित्त बुझाउने प्रयास गर्नेछौं ।
> महोत्सबमा सांस्कृतिक पाटो तर्फ नयाँ पन के छ ?
= हामीले गीतसँगीतका साथै लोपउन्मूख सारंगी बाजा प्रतियोगिता राखेका छौं । यसैगरी श्रीमान् श्रीमतीको जोडि नृत्य प्रतियोगिता राखेका छौं । त्यस्तै दङाली तारा गायन प्रतियोगिता राखेका छौं । प्रदेशस्तरीय लोकनृत्य प्रतियोगिता पनि राखिएको छ । साहित्यीक कार्यक्रमहरुको पनि आयोजना गरिएको छ । हामीले सांस्कृतिक कार्यक्रमलाई सन्देशमुलक बनाउने प्रयास गरेका छौं ।

अन्तमा महोत्सब सबैको साझा विषय भएकाले सभ्य अनि भव्य बनाउनका लागि दाङ जिल्ला उवासंघको तर्फबाट सबैसँग अनुरोध गर्न चाहन्छु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१