ताजा अपडेट

भ्यालेनटाइन् कार्यक्रमको तयारी तीव्र

          |   398 Views   |   Published Date : 12th February 2018 |

27659050_1872702649440634_102616657_n

दीपक जी.एम दाङ, माघ २९|  प्रेमदिवसको लागी रखिएको सांगीतिक कार्यक्रमको तयारी तीव्र रुपले अगाडी बढेको छ । महाशिवरात्रि तथा प्रेमदिवसको अवसर पारेर घोराहीमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

भिँग्रेलि चोक स्थितमा रहेको म्याँगो गार्डन रिसोर्टमा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा घोराहीका न्यु डे ब्यान्डले म्युजिक लाइभ कन्सर्ट गर्ने भएका छन भने चितवनका प्रख्यात डीजे ज्याकले दर्शकहरुलाई आफ्नो संगीतको जादुमा नचाउने भएका छन ।

बुधबार बेलुका सम्म डिजे ज्याक कार्यक्रमको लागी घोराही आइपुग्ने आयोजक सुबोध आचार्यले जानकारी दिनुभयो ।साथै कार्यक्रमको लागी सम्पुर्ण तयारी लगभग सम्पन्न हुन लागेको पनि बताउनु भयो । म्याँगो गार्डनले फागुन १ र २ गते गरी दुई दिन उक्त सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

गार्डनमा हुन लागेको कार्यक्रममा राजेश बस्नेत ,विष्णु बुढा ,सुदिप गिरी,राम थापाको विशेष सहयोग रहेको कार्यक्रमका आयोजकले बताउनु भयो ।  उक्त कार्यक्रमलाई नेपाल आइस बियर र ओल्ड मोंकले प्रायोजक गर्ने भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१