ताजा अपडेट

महिलाहरुलाई आय आर्जनका लागि सिप मुलक तालिमहरु

          |   123 Views   |   Published Date : 12th February 2018 |

received_1628858180509051

दाङ ।  महिलाहरुलाई आय आर्जनका लागि सिप मुलक तालिमहरु सञ्चालन गरीएको छ ।

महिला हरु लाई सिप सिकाई व्यवसायीक तथा आर्यआर्जन मुखी गराउने उद्देश्यले तुलसीपुर– ५ का महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु दिन सुरु गरिएको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिनुभएको छ ।

सो वडाले महिलाहरुको वृहत भेला बोलाएर सिप सिक्न चाहने महिलाहरुको रुची अनुसार १४७ जना महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु सञ्चालन गरेको जनाएको छ ।

वडाले रु आठ लाख वजेट छुटायर ४५ जना महिलाहरुलाई कम्प्यूटर तालिम, ३० जना महिलाहरुलाई हाते वुनाई (वुटिक ) तालिम, ४२ जनालाई सिलाइकटाई र ३० जना महिलाहरुलाई छापा खाना सम्वन्धि तालिम दिन सुरु गरीएको वडा सदस्य शुरेस श्रेष्ठले बताउनुभयो ।

त्यसैैविच महिलाहरुका लागि आयआर्जन तथा शिप विकाशका लागि हाते वुनाई ( वुटिक) तालिमको उद्घाटन गरीएको छ । कामना कटाई सिलाई टेनिङ्ग सेन्टर तुलसीपुरको आयोजना तथा वडा नं ५ को सहयोगमा सुरु भएको तालिममा ३० जना महिलाहरुको सहमागीता रहेको छ ।

सेन्टरकी सञ्चालक कल्पना शर्माको अध्यक्षता तथा वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्ता कार्यक्रमहरुले महिलाहरुलाई आय आर्जनमा सहयोग पुग्ने बताएका थिए । सो अवसरमा वडा अध्यक्ष शाहले आगामि दिनमा पनि यस्ता कार्याक्रमहरुलाई निरन्र्तता दिने बताएका थिए ।

वडा सदस्य सावित्रा गुरुङ्गको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण ध्रुव आचार्यले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१