ताजा अपडेट

प्रहरी प्रमुखमा विश्वराज पाेखरेल

          |   127 Views   |   Published Date : 12th February 2018 |

images_cms-image-000041193

काठमाडाैं माघ २९ | दबारमार्ग सामूहिक बलात्कार प्रकरणका दाेषीलाइ प्रहरीले भगाएकाे तथ्य सार्वजनिक भएपछि सरकारले काठमाडाैं प्रहरीका प्रमुख परिवर्तन गरेकाे छ।

गृह मन्त्रालयले काठमाडाैं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई हटाउँदै सो स्थानमा एसएसपी विश्वराज पोखरेललाई ल्याएको छ। पाेखरेलले अाजैदेखि कार्यभार सम्हाल्दैछन्। महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रमुखसँगै अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी बेलबहादुर पाण्डेलाइ पनि सरूवा भएकाे छ। उनकाे ठाउँमा डिएसपी माेहनबहादुर थापालाइ ल्याइएको छ।

गृह मन्त्रालयले सुरक्षा ब्यवस्था कमजोर रहेको र आफू मातहतलाई चेन अफ कमाण्डमा राख्न नसकेको कारण देखाउँदै काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकको सरुवा गरेको हाे। उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बाग्लुङ पठाइएकाे छ।

दरबारमार्ग सामूहिक बलात्कार प्रकरणको जानकारी हुँदाहुदै आवश्यक कारवाहीका लागि पहल नगरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौं अपराध अनुसन्धान शाखा प्रमुख डिएसपी पाण्डेको समेत सरुवा भएको हो। उनले घटना लुकाउन सहयोगी भूमिका निर्वाह गरेकाे अाराेप लागेपछि दिपायल पठाइएकाे हाे।

प्रहरी प्रवक्ता डिआईजी मनोज नेउपानेले एसएसपी धानुकलाई बाग्लुङ र डिएसपी पाण्डेलाई दिपायल सरुवा गरिएको नेपालखबरलाइ बताए।

कमजोर चेन अफ कमाण्डका कारण काठमाडौंमा कार्यरत प्रहरीहरु बारम्बार घुससहित पक्राउ पर्दै आएका थिए। दरबारमार्गको सामूहिक बलात्कार काण्डबारे पहिलै एसएसपी धानुकलाई थाहा हुँदाुहँदै पनि घटना लुकाउन खोजेको छानबिनमा खुलेको थियो।

पूर्व डिआइजी नवराज सिलवाल जोडिएको किर्ते अनुसन्धानको छानविनमा धानुकको भूमिकाप्रति हेडक्वाटर र गृह असन्तुष्ट थियो। धानुकले सूचना चुहाउँदा सिलवाल पक्राउ पर्न नसकेकाे प्रहरी नेतृत्वको दावी छ।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१