ताजा अपडेट

होटेल सिटी प्लाजाको आयोजनामा १० जनाद्वारा रक्तदान

          |   89 Views   |   Published Date : 11th February 2018 |

27972163_831543370378406_5449910993382636517_n

घोराही, माघ  । घोराहीमा रहेको सिटी प्लाजा होटेलको आयोजनामा शनिबार रक्तदान गरिएको छ । होटेलका म्यानेजर कमल सुवेदीसहितका १० जना कर्मचारीहरुले रक्तादान गरेका हुन् ।


रक्तदान गर्नेहरुमा जीतबहादुर पुन, मीना सुनार, हुनाराम पाण्डे, दलबहादुर बैजाली, खुमप्रसाद पौडेल, रविन नेपालीले रक्तदान गर्नुभएको हो । त्यस्तै होटेलका शुभेच्छुकहरु वसन्त जिएम, दिनेश चौधरी र दीपक चौधरीले पनि रक्तदान गर्नुभएको छ ।


घोराहीको मेनरोडमा रहेको होटेलमै रक्तदानको आयोजना गरिएको हो । घोराहीमा रहेको रक्तसञ्चार सेवा केन्द्रका प्राविधिक ठाकुर पौडेलसहितको कर्मचारीहरुले रगत संकलन गर्नुभएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१