ताजा अपडेट

साहित्यले समाज रुपान्तरणमा भूमिका खेल्नुपर्छ

          |   136 Views   |   Published Date : 11th February 2018 |

adds

 दिपक जिएम    दाङ, माघ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा उपन्यासकार सविन प्रियासनले साहित्यले समाज रुपान्तरणमा भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको छ ।


प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगरले शनिवार घोराहीमा आयोजना गरेको साहित्यीक त्रिवेणी कार्यक्रमको उद्घाटन गर्दै प्रियासनले समय सापेक्ष साहित्य सिर्जनामा जोड दिनुभयो ।


समाजको प्रतिनिधित्व गर्ने साहित्य आजको आवश्यकता भएको भन्दै यस तर्फ लाग्नुपर्ने उहाँको धारणा थियो ।
परिषद् नगर समितिका अध्यक्ष शरद कुमार शर्माको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा सहभागिहरुले कविता, गीत, मुक्तक, गजल प्रस्तुत गरेका थिए । सो अबसरमा गजलकार छबिलाल कोपिला, आशा वली, रोशन घर्तीलगायतकाले गजल गीत प्रस्तुत गरेका थिए ।


परिषद्का दामोदर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको विषय वस्तुबारे नगर सचिव रोशन घर्तीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण दिपक उपाध्यायले गर्नुभएको थियो । सो अबसरमा प्रदेशीको पीडा बोलको गीत पनि सार्वजनिक गरिएको थियो ।

यसैबीच उपन्यासकार प्रियासनले सो अबसरमा परिषद्लाई आफूले लेखेको उपन्यासहरु हस्तान्तरण गर्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१