ताजा अपडेट

भलिबलको उपाधी दीप शान्ति ‘बि’ लाई : मुलुकलाई राष्ट्रिय एकताको खाँचो छ – महरा

          |   96 Views   |   Published Date : 11th February 2018 |

27934895_1743567225681667_1202090745_n

दाङ, माघ । जिल्लास्तरिय भलिवल प्रतियोगीताको उपाधी दीप शान्ति प्राविधिक शिक्षालय ‘वि’ हात पारेको छ । दाङको तुलसीपुरमा शनिबार भएको फाइनल प्रतियोगीतामा दीप शान्ति प्राविधिक शिक्षालय ‘ए’ लाई पराजित गर्दै दीप शान्ति ‘वि’ ले उपाधी हात पारेको हो ।


नगर युवा सञ्जाल आयोजना गरेको फाइनल खेलमा दीप शान्ति ‘ए’ लाई २५–२१, २१–२५, २५–२० र २५–१७ अर्थात ३–१ को सेटमा पराजित गर्दै दीप शान्ति ‘वि’ ले जिल्लास्तरिय खुला भलिबल प्रतियोगीताको उपाधी चुमेको हो । दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको निकै कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा उपाधी चुम्न सफल दीप शान्ति ‘वि’ ले ६० हजार नगद पुरस्कार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो ।


फाइनलमा पराजित दीप शान्ति ‘ए’ ले भने उपविजेतामा चित्त बुझाउँदै ३५ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै तेस्रो स्थानका लागि न्यु स्टार युवा क्लव नारायणपुर र जन देउराली युवा क्लव बीच भएको खेलमा न्यु स्टारलाई ३–१ को सेटमा पराजित गर्र्दै जन देउरालीले प्रतियोगिताको तृतीय स्थान हासिल गर्न सफल भयो । उसले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो । माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले मुलुकलाई राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले भन्नुभयो, ‘संविधान कार्यान्वयनको चरण सकिएकाले मुलुकको समृद्धिका लागि अब राष्ट्रिय एकताको खाँचो छ ।’
अबको दशकलाई विकास र समृद्धिको दशकका रुपमा लिनुपर्ने भन्दै महराले राष्ट्रिय एकताबाट मात्रै मुलुकको समृद्धि सम्भव हुने बताउनुभयो । ‘संविधान निर्माण र कार्यान्वयनको चरणपछि अब मुलुकलाई समृद्ध बनाउने अभियानको थालनी गर्नुपर्ने भएको छ । यो अभियान कुनै एक दल विशेषले चाहदैमा मात्र पुरा हुन सक्दैन’, महराले भन्नुभयो, ‘राष्ट्रिय एकता विना देश समृद्ध बन्न नसक्ने भएकाले एकताको मियो बनाएर देशलाई समृद्धिको दिशामा लैजानुपर्छ ।’
निर्वाचनका सम्पूर्ण कार्यक्रम सकिएकाले वर्तमान सरकारले राजिनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनुपर्ने भन्दै महराले नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गरिदिन आग्रह गर्नुभयो । ‘सरकारले निर्वाचनका सम्पूर्ण कार्यक्रम सम्पन्न गरेर आफ्नो दायित्व पुरा गरेको छ । ताजा जनादेशको सम्मान गर्दै छिट्टै राजिनामा दिनु नै सरकारको बुद्धिमानी ठहर्ने छ’, महराले भन्नुभयो, ‘अबको केही दिनभित्रै नयाँ सरकार गठनको कोर्षले प्रवेश पाउँछ ।’
राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको भन्दै महराले सम्पूर्ण शक्तिहरुलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउनुभयो । प्राप्त जनादेशको मर्म अनुसार बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने भन्दै महराले सबैलाई समेटेर सरकार निर्माणको गृहकार्य भइरहेको बताउनुभयो । सरकार निर्माणसँगै एमाले–माओवादी केन्द्रका बीचमा एकता हुने बताउनुभयो । ‘जनताहरुले बाम एकताका लागि जनतादेश दिएका हुन् ।

यो कुरालाई मध्यनजर गर्दै बाम एकताको बिपक्षमा जान सक्दैनौं’, महराले भन्नुभयो, ‘सरकार गठनपछि बाम एकता हुन्छ । पार्टी नेतृत्व र सरकार नेतृत्व दुई पार्टीका अध्यक्षले गर्नुहुनेछ ।’सो अवसरमा राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य दुजमान भण्डारी वर्षातले सञ्चालन गरेको कार्यक्रम समापन समारोहमा विजेता, उपविजेता खेलाडी पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो, भने प्रतियोगितालाई भव्य एवं सभ्य तवरले सम्पन्न गर्न महत्वपुर्ण सहयोग गर्ने संघसंस्था, उद्योगी, व्यवसायीहरुलाई प्रसंसापत्रले सम्मान गरिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१