ताजा अपडेट

दाङका गाउँगाउँ पुग्दै लागुऔधष बिरुद्धको ‘सिधा कारबाही’ अभियान

          |   87 Views   |   Published Date : 11th February 2018 |

abhiyaan

दाङ, माघ  । नेपाल सरकार गृहमन्त्रालयले सुरु गरेको लागुऔषध बिरुद्धको सचेतना अभियान दाङका गाउँगाउँमा पुगेको छ । जिल्ला प्रहरी कार्यालयल दाङले मन्त्रालयको अभियानलाई जिल्लाको गाउँ टोलसम्म पु¥याउँदै लगेको जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले गृहमन्त्रालयले सुरु गरेको लागुऔषध बिरुद्धको सचेतना अभियानलाई जिल्लाका ट्राफिक प्रहरी, वडाप्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुमार्फत् गाउँगाउँसम्म पु¥याएको जानकारी दिनुभयो । ‘गृह मन्त्रालयको लागुऔषध नियन्त्रण (सिधा कारबाही) कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याएका छौं’, प्रहरी प्रवक्ता घर्तीले भन्नुभयो, ‘जिल्लाका ५१ वटा प्रहरी युनिटहरुमार्फत् कार्यक्रमलाई गाउँगाउँसम्म पु¥याएका छौं ।’


दाङ लागुऔषध कारोबारको ‘ट्राञ्जिट पोइन्ट’ बन्न लागेको सुचनाका आधारमा त्यसलाई रोक्न मन्त्रालयको अभियानलाई सशक्त बनाउँदै लगेको प्रवक्ता घर्तीको भनाई छ । ‘विशेषगरी जिल्लाका बजार क्षेत्रमा समस्याका रुपमा रहेको लागुऔषध दुव्यर्सनलाई नियन्त्रण गर्नका लागि अभियानलाई सशक्त बनाएका छौं’, घर्तीले भन्नुभयो, ‘जिल्लाका सम्पूर्ण प्रहरी युनिटहरु यो काममा लागेका छन् ।’
यसैबीच नगरस्तरिय लागुऔषध नियन्त्रण समितिको आयोजनामा शनिबार घोराहीमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम भएको छ । समितिले घोराही उपमहानगरपालिका वडानम्वर १४ मा एक औपचारिक कार्यक्रमको आयोजना गरी टोलबासीहरुलाई सचेत बनाएको छ ।
वडाप्रहरी कार्यालय घोराहीले हालै गठन गरेको नगरस्तरिय समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अभिभावक सचेत भएमा मात्र सन्तानहरुलाई सही मार्गदर्शन गर्न सकिने बताएका थिए । उनीहरुले पछिल्लो समय अभिभावकहरु छोराछोरीप्रति जिम्मेवार नहुँदा उनीहरु कुलतमा फस्ने गरेको बताएका थिए । यसतर्फ सचेत हुन आवश्यक रहेको पनि उनीहरुको भनाई छ ।
न्यू निर्जनशील टोल विकास संस्थाका अध्यक्ष शेरजन विकको अध्यक्षता वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा लागुऔषध, यसबाट बच्ने उपाय, लागुऔषध नियन्त्रणमा अभिभावकको भूमिकालगायतका विषयमा वडा प्रहरी प्रमुख अवाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पूर्व लागुऔषध प्रयोगकर्ता एवं सुधार केन्द्र सञ्चालक नयाँ जीवन पुनःस्थापना केन्द्रका विशाल शाह र मार्गदर्शन पुनःस्थापनाका विशाल तिमिल्सिनाले आफूहरु दुव्यर्सनमा रहदादेखि हालसम्मका अनुभव सुनाउँदै लागुऔषध विरुद्ध सचेत बनाउनुभएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका वडानम्बर १४ का सदस्य गुलाम रसुल, अभिभावक विनु तिमिल्सिनालगायतले भनाई राख्नुभएको थियो ।
सिर्जनशील टोल विकास संस्थाका अध्यक्ष यमप्रसाद खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जानकी टोल विकास संस्थाका अध्यक्ष मधुसुदन अधिकारीले गर्नुभएको थियो ।

लागुऔषध विरुद्धको सचेतनालाई समुदाय र विद्यालय केन्द्रित रुपमा निरन्तर कार्यक्रम गरिने नगरस्तरिय लागुऔषध नियन्त्रण समितिका संयोजक वडाप्रहरी कार्यालय घोराहीका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१