ताजा अपडेट

जनज्योती विद्यामन्दरले मनायो आफ्नो २० औँ वार्षिक उत्सव

          |   270 Views   |   Published Date : 11th February 2018 |

abhimny

 दिपक जिएम घोराही, माघ २८ । घोराही उपमहाँनगरपालिका–१५ स्थीत जनज्योती विद्यामन्दरीले शुक्रवार आफ्नो २० औँ वार्षिक उत्सव मनाएको छ ।

जनज्योती स्कूलले आफ्नो २० औँ वार्षिक उत्सव भव्य रुपले मनाएको छ । विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरेको बिध्यालयले कार्यक्रममा विद्यार्थीहरु र शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि घोराहीका मेयर नरूलाल चौधरीले राज्यले अधिक लगानी गर्दा पनि सोचे जस्तो प्रगति नभएको भनी दुख प्रकट गर्नु भयो साथै शिक्षा कमजोर भए देश कमजोर हुन्छ र शिक्षाको समृद्ध विकास तर्फ जान सबैलाई आग्रह गर्नु भयो ।

abhnu

देशका अधिकांश समुदायिक विद्यालयहरुलाई राम्रो शिक्षा प्रदान गर्नको निम्ति राज्यले नँया प्रणाली लागू गर्नु पर्छ र कमी-कमजोरीमा सुधार ल्याउनु पर्छ भन्दै अबका दिनहरुमा शिक्षा विकासका मैले सक्दो गर्ने छु र गरिबीको कारण पढ्न नपाएका बालबालिकाहरुका लागी एउटा अक्षयकोष बनाउने मेयरले बताउनु भयो ।

वार्षिक उत्सवकै अवसरमा आयोजीत कार्यक्रममा बोल्ने वक्ताहरुले परम्पारगत शिक्षालाई परिमार्जन गर्दै गुणस्तरीय शिक्षामा दिनुपर्ने जोड दिएका छन् । शैधान्तीक शिक्षाले मात्रै दक्ष जनशक्ति उत्पादन गर्न नसकिने भन्दै अबको शिक्षाले दक्षजशिक्त उत्पादन गर्न सक्नेहुनेपर्नमा उनीहरुले बताए।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी घोराही उपमहाँनगरापालिकाका मेयर नरुलाल चौधरीले कमजोर शिक्षा ले देशलाई आर्थिक समिद्धीको बाटो तर्फ लैजान नसकिने बताउँनुभयो । ‘शिक्षा नै सबैको क्षेत्रको मुख्य आधार हो’–उहाँले भन्नुभयो–‘त्यसैले शिक्षा क्षेत्रमा भएको कमी कमजोरीहरुलाई सच्याउँदै, गुणस्तरी शिक्षा प्रवाह गर्नुपर्छ ।’ साथै उहाँले अहिलेको शिक्षा बिरोजागर उत्पादन गर्ने भएको भन्दै अबको शिक्षा भनेको स्वोरजगारमुखी हुनुपर्ने बताउँनुभयो ।
दाङको शिक्षा क्षेत्रको विकासका लागि संस्थागत र निजी विद्यालयको विच भएको दुरी अन्त्य गरीनुपर्ने आवश्यक उहाँले औँल्याउँनुभयो । ‘शिक्षा अब स्थानिय तहमा गईसकेको छ’–उहाँले भन्नुभयो–‘यहाँको सम्रग शिक्षाको क्षेत्रको विकासका लागि अब संस्थागत विद्यालय र सामुदायीक विद्यालय हातेमालो गर्दै आगडी बढ्नुपर्छ ।’
सो अवसरमा विद्यालयका छात्रछात्राहरुले विभिन्न नृत्य, गायन जस्ता आफ्नो कला प्रतिभाहरु प्रस्तुत गरेको थिए ।
कार्यक्रममा विद्यालयले विभिन्न गतवार्षिक परिक्षमा उर्तिण र विद्यालयमा आयोजीत विभिन्न खेलकुद जस्ता अत्तिरीक्त्त क्रियाकलापहरुका प्रथम द्धितिय र तृतय भएको छात्रछात्राहरुलाई पुरस्कृत गरीएको थियो । त्यसैगरी विद्यालयले विभिन्न अन्य विभिन्न विद्याहरुमा पनि छात्रछात्राहरुलाई पुस्कृत गरेको थियो ।
विद्यालय व्यवस्पान समितीका अध्यक्ष प्रकाशकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापक खेमराज आचार्यको स्वागत मन्तव्यले गर्नुभएको थियो ।

कार्यक्रममा ब्याबसन दाङका अध्यक्ष यादव गिरी, घोराही उपमहाँनगरपालिका शिक्षा साखा प्रमुख नारायण पोख्रेल, नेपाल पत्रकार महाँसंघ दाङ अध्यक्ष सविन प्रियासन लगायलते बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण पुर्व प्रधानाध्यापक जीवनकुमार आचार्यले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१