ताजा अपडेट

करिब ५६ लाख रुपैया सहित अन्तर्राष्ट्रीय हुन्डी कारोबारी पक्राउ

          |   195 Views   |   Published Date : 11th February 2018 |

karobar

वीरगन्जमाघ २८  । अन्तर्राष्ट्रिय स्तरमा  मुद्रको अबैध ओसार पसार गर्ने अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्ररीले विशेष सुचनाको आधारमा वीरगन्जको घण्टाघर लिंक रोडमा संचालित रहेको न्यु दक्षिणकाली अर्टो मोबाइल्समा छापामारी करिब ५६ लाख रुपैया सहित चार जना कारोवारीलाई आइतबार पक्राउ गरेको हो ।

वाहनको पार्टपूर्ज विक्रीको आडमा मुद्राको अबैध ओसारपसार( हुन्डी)को कारोवार हुने गरेको सुचनाको आधारमा छापामारी गर्दा ५५ लाख ६४ हजार रुपैयाँ नगद, विभिन्न बैठकका दुई दर्जन चेक, हुन्डी कारोवारका लागि प्रयोग हुने ६ थान मोबाई र हरहिसाब  उल्लेख भएका दुई बोरा खाता बरामभएको आश्यक अनुशन्धानकालागि चार जनालाई नियन्त्रणमा लियएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य करोवारी भारत विहान रक्सौल निवासी रितेश कुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेकान खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरिक्षक डा. गाणेश रेग्मीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्सामा प्हरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरामद गरिएको नगद लगायतका अन्य समान सार्वजनिक गर्दै उपरिक्षक रेग्मीले  अमेरिका, युएइ,हङकङ, सिङ्गापुर, भारत लगायतको देशमा अबैध रुपमा रकम उपलब्ध गराउने हुन्डी कारोवारको मख्य नायिके रितेश नै रहेको संचारकर्मीहरुलाई जानकारी दिए ।

उनले न्यु दक्षिणकालि अटो मोबाइलस संचालन रहेको घरका धनी  राजेश रोनियार, विमित र मनोज रितेशका सहयोगिको रुपमा काम गर्दै आएको अनुशन्धनबाट देखिएको बताए ।

हुन्डीका कारोवारी रितेशलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्साले ग्राहका रुपमा प्रहरीलाई पहिले परिचालन गरी कारोवार भए नभएको पुष्टी गरेपछि मात्र छापामारी गर्ने कार्य गरेको उपरिक्षक रेग्मीले जानकारी दिए ।

मुलुको आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज नाकाबाट देश भरीका लागि आवश्यक उपभोग्या बस्तु आयात हुने गरेकाले यो नाकाबाट अबै रुपमा कारोवार गर्नेहरु विदेशबाट समान खरिद गर्न रितेश मार्फत अबैध रुपमा रकम पठाउने गरेको अनुशन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

बरामद कागजात तथा  बैंक खाता वारे छानविन गरेपछि कारोवार वारे थप जानकारी आउने प्रहरीले ताएको छ ।

पक्राउ परेकाहरु र बरामद भएको समान जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।  पक्राउ परेकाहरु माथि संगठित अपराध मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।      २०७३ साल असोज १६ गते प्रहरीले वीरगन्जको अलखियामठ स्थित सन्तोष जैनको घरमा छापामारी ७८ लाख रुपैया नगद सहित सात जनालाई पक्राउ गरेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१