ताजा अपडेट

राधाले नमिठो तरिकाले हामी दलितहरुको ” जोवन चल्ने अनि जात न चल्ने हुन्छ र ”..,तपाईका हरेक करतुत हामीलाई थाहा छ भन्दै बाटो तताउँछीन।

          |   352 Views   |   Published Date : 10th February 2018 |

दीपक जी.एम ''आर्जव '' कथा : छुवाछुत

23131618_803675039817569_991873228022526217_n

कुरा केही समय अघिको हो,एउटा सानो गाउँ थियो।त्यस गाउँमा अधिकांश व्यक्तिहरु साक्षार थिए र सोचे भन्दा पनि बढी शिक्षित र बुद्धिमान थिए साथै बेलाबेला मा गाउँ मा विभिन्न किसिमका कार्यक्रमहरु राख्ने गरिन्थ्यो।

चाहे पोलियो सम्बन्धी होस या बालअधिकार सम्बन्धी होस,बडो चासो लिएर गाउँले हरु कार्यक्रममा सहभागी हुने गर्दथे।गाउँलेहरू सारै मिहिनेती,पौरखी र सहयोगी पनि थिए साथै गाउँ पनि निकै हराभरा थियो। त्यो गाउँ सबथोक ले भरिपूर्ण भएता पनि रुढिबादी परम्पराले गाउँ नै ढाकिएको थियो।जात-पात लाई अति नै मन्ने भएकोले जमिन्दार लगयत गाउँलेहरू दलितहरुलाई सारै नै अवहेलना गर्ने गर्दथे।

त्यस गाउँमा केही दलित परिवारहरु बस्ने गर्दथे।स्कूल,कार्यक्रम अनि पँधेरो मा समेत उनीहरुलाई छुट्याइने गरिन्थ्यो साथै मन्दिर मा छिर्न पनि रोक लगाइएको हुनाले उनीहरुलाई आफ्नो जीवन मरे तुल्य भएको थियो।गाउँका सकृय भद्रभलादमी हरुले रत्ति भर पनि उनीहरुलाई रुचाउँदैनथे भने दलित समाज सँघको अध्यक्षतामा जमिन्दार भनाउँदा थिए।

जतिपटक छुवाछुत सम्बन्धी कार्यक्रमहरु राखे पनि गाउँ बाट कसैको पनि उपस्थिति हुदैनथ्यो।पुर्खौंदेखि बसोबास गर्दै आएका ती दलित परिवारहरु जति सास्ती सहँदा पनि गाउँ भने छाडेर जान सकेनन।गाउँ जति विस्थापित भएता पनि त्यस गाउँमा बस्दै आएका मानिसहरु अझै रुढीवादी परम्परामा बाचिरहेका थिए।”जात-पात,उच-निच,तल्लो र उपल्लो जात को महामारीले गाउँ नै पूरै ढाकिएको थियो।

गाउँमा ठूलो स्तरका पढाइका लागी बिध्यालय नभएकोले गाउँलेहरू आफ्नो छोरा छोरीहरुलाई पढ्न सहर पठाउने गर्दथे। जमिन्दार(कुलेस्वर डांगी) को छोरा राम पढाई सिध्याएर एउटा स्कूल मास्टर भै गाउँ फर्किएको थियो भने उता बिर्खे नेपाली की छोरी राधा पनि डॉक्टरको पढाई भ्याएर आफ्नै ठाउँमा स्वस्थ्य चौकी खोल्ने मनसाय ले गाउँ फर्केकी थिइन।

बिर्खे एउटा असल किसिमको नागरिक थियो,गाउँमा बेला-बखतमा कुनै पनि आपति आइपर्दा सधै अगाडी सरेर समाधान गर्ने गर्दथ्यो।समाज सेवामा एकदमै मन लगाएर गाउँलेहरुको पीडा लाई आफ्नो सरी ठानी मलहम लगाउनु का साथै उनीहरूको दुखमा आफूले सक्दो प्रयास गरेर सहयोग गर्ने गर्दथ्यो ,पुर्खौली सम्पति टन्नै भएकोले बिर्खेलाई धन को कुनै समस्या थिएन।छोरी राधालाई एउटा लायकको डॉक्टर बनाउन पाउँदा ऊ सारै खुसी थियो।

Chhuwachhut

राम र राधा सँगै गाउँमा सँगै पढेका थिए तर छुट्टा छुट्टै तहको पढ्ने मनसाय बोकेका ती दुबै जना सहर मा भने बेग्ला बेग्लै बिध्यालय मा अध्यन गर्ने गर्दथे ।स्कूल पढ्दा नै उनीहरू एक अर्कालाई असाध्यै मन पराउने गर्थे तर आफूहरु बीचको जात को कारण ले अगाडी बड्न सकेका थिएनन ,समय सँगै सबथोक बदलिने छ भन्ने बिस्वास लिएर उनीहरू उत्तम समयको पर्खाइ मा थिए ।

जात पात को यस रुढीवादी परम्परा लाई सँगै मिलेर गाउँले हरुमा एउटा नया श्रीजना उत्पन्न गराउने सोच लिएर दुबै जना गाउँ.मा पसेका थिए।तर जमिन्दार ले दलितहरुलाई खुट्टा मा राख्नु पर्छ र यिनीहरुको स्तर नै हाम्रो पाउ मा हुन्छ भन्ने एउटा दीर्घ सोच थियो।बुवाको सोचलाई कसरी बदलिने होला भनेर राम सधै सोचिरहँथ्यो।

राधा अब बिहेको लायकको भैइ भनेर बिर्खे लाई यही चिन्ता ले मनमनै खाइरहेको थियो ,बिहेको प्रस्तावमा राधाले बुवालाई सबथोक भनिसकेकी थिई जून कुरा सुनेर बिर्खेले पुर्पुरोमा हात राख्नु को विकल्प अरु केही देखेन।राधा बेला बेला मा राम लाई भेट्ने गर्थीन,उनीहरू घण्टौ बसिबियालो गर्ने गर्दथे यसरी उनीहरूको मायाको बीज ले राधा को पेट मा ठाउँ ओगटी सकेको थियो।यो कुरा जमिन्दार को कानमा पर्न गयो जसकारण उसले रामको बिहे अन्तै गरिदिने निर्णय लियो।

यस निर्णयले राम र राधा अति नै दुखी भए,राधालाई जमिन्दारको नानाथरिका कुराहरु सुन्नु पर्यो र जात को अभिश्राप दिदै जमिन्दार ले आफ्नो छोरा लाई फसाउने मनसाय ले तैले यो सब गरेको भन कति पैसा चाहियो भन्न थाल्छ जसको जवाफमा राधाले नमिठो तरिकाले हामी दलितहरुको ”जोवन चल्ने अनि जात न चल्ने हुन्छ र”,तपाईका हरेक करतुत हामीलाई थाहा छ भन्दै बाटो तताउँछीन।

समयको अन्तरालमा एकाएक गाउँमा हैजा रोगको महामारी फैलिन थाल्छ,गाउँका अधिंकाश केटाकेटी हरु बिरामी पर्न थल्छन ,झारफुक ले.निको नभए पछि गाउँले हरु आफ्ना छोराछोरीहरु लाई लिएर स्वस्थ्य चौकी तर्फ दौडिन थल्छन साथै राधाको पाउ पर्न थल्छन।राधाले एक एक गर्दै सबैको सफल उपचार गर्दै जान्छिन र निको हुदै सबै आ-आफ्ना घर तिर फर्किन थल्छन।

यसरी गाउँलेहरुको सेवा गर्ने अवसर पाउदा राधा निकै खुसी थिइन साथै राम पनि सारै नै हर्षित थियो।तर जमिन्दारको घमण्ड जस्ताको तस्तै थियो।गाउँले हरु राधा लाई भगवान सरी मान्न थाल्छन र उनी प्रति माया स्नेह निस्वार्थ भावनाको प्रकट गर्छन।सेवामा तल्लिन राधा गाउँलेहरुको आफू प्रतिको माया सहयोग र राम्रो व्यवहार पाउँदा एकदमै खुसी हुन्छिन।

त्यस पछि गाउँमा दलित समाज सम्बन्धीका कार्यक्रम हरु मा गाउँले हरुको सहभगिता हुदै जान्छ र सबै मिली गाउँ बाट छुवाछुत को तुच्छ व्यवहारलाई जरै देखि उन्मूलन गर्ने तर्फ आफ्ना कदमहरु अगाडी बढाउँछन। दिन दशा कहिले पनि भनेर आउँदैन भन्छन,यस्तैमा एकदिन जमिन्दारको दुर्घटना हुन पुग्छ ,बुवालाई लिएर राम स्वस्थ्य चौकी पुग्छ।

रगत धेरै बगिसकेको हुनाले रगतको खाचो पर्न जान्छ तर रगत समूह ओ नेगेटिभ भएको कारणले रगत पाउन गारो हुन्छ,रामको रगत समूह बेग्लै भएकोले उसले आफैले बुवालाई रगत दिन न पाउँदा सारै दुखी हुन्छ।एकदमै कम मात्रा मा पाइने भएकोले गाउँमा कसैको पनि रगत समूह मेल खादैन साथै सहर टाढा भएको हुदा लैजादा ढिला हुन सक्ने जानकरी राधाले जनाउँछिन।

त्यतिकैमा एकजना भलादमीको आगमन हुन्छ,उहाको पनि रगत समूह ओ नेगेटिभ रहेको जानकरी गराउँदै जमिन्दारलाई रगत दिन मंजूरी दिनु हुन्छ। होशमा आएपछि जमिन्दार आफूलाई स्वस्थ्य चौकीमा पाउँछ,रामले आफ्नो बुवालाई वृतान्त सुनाउँछ जो स्वरुप लाज ले राधा सामु जमिन्दार शिर निहुराउँछ।”छोरा राम मलाई रगत दिने र मेरो ज्यान जोगाई दिने महापुरुष को हो भनी प्रशन गर्नु हुन्छ र जवाफमा रामले त्यहा बाहिर नै हुनुहुन्छ म बोलाउँछु भन्दै बाहिर निस्किन्छ।

क्षणभर मै ती भलादमी को कोठमा आगमन हुन्छ।जमिन्दार को होस हवास उड्न जान्छ र मनमनै ”जसलाई मैले सधै अवहेलना गरे,दिनरात सास्ती दिए ,आफ्नो गोडा मा राख्न खोजे, उसले नै आज आएर मलाई पुनर्जन्म दियो” म बाट ठूलो भूल भयो मलाई माफ गरिदेउ भन्दै बिर्खेको पाउँ समाउन पुग्छ र रुन थाल्छ”

”क्षेत्रीको छोरो यो पाउँ छुन्छ घिनले छुदैन

”मानिस ठूलो दिल ले हुन्छ जात ले हुदैन..

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१