ताजा अपडेट

” भ्याली टपको १५ औँ वार्षिक उत्सव सम्पन्न “

          |   456 Views   |   Published Date : 10th February 2018 |

    27946523_849520615233011_317610582_o दाङ, माघ २७  |  भ्यालीटप ले आफ्नो १५ औँ वार्षिक उत्सव मनाएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेको बोर्डिङमा नृत्य,गायन ,खेलकुद विजेता विद्यार्थीहरुलाई पुरस्कृत तथा शिक्षकहरुको लागी सम्मान कार्यक्रम पनि रहेको थियो ।

बिध्यालयका विद्यार्थीहरुले आफ्नो कला प्रदर्शन गरेका थिए भने उक्त कार्यक्रमको उदघाटन प्रदेश न. ५ का सांसद अम्मर बहादुर डांगीले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

सहायक प्रधनाध्यापक लालमणी बस्यालले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका शिक्षा प्रमुख नारायण प्रसाद पौडेल, रझेना स्कूलका सहायक अध्यापक रामहरि रिजाल र भ्यालीटपका पूर्व अध्यक्ष श्रीधर महरा लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

28000623_849520591899680_459571856_n

स्कूलका व्यवस्थापक गणेश कुमार आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण अभिषेक आचार्यले गर्नु भएको थियो ।

वार्षिक उत्सव कार्यक्रममा स्कूलले विविध सांगीतिक कोसेली राख्दै उपस्तिथ अभिभावकहरुको मनोरन्जन गरेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१