ताजा अपडेट

दीप शान्ति ‘ए’ र ‘बि’ उपाधी भिडन्तमा

          |   50 Views   |   Published Date : 10th February 2018 |

69_357361514276155

लक्ष्मण बस्नेत दाङ, माघ । दाङको शान र गौरव वृहत्त खुला पुरुष भलिबल प्रतियोगिता–२०७४ को उपाधीका लागि दीप शान्ति प्राविधिक शिक्षालय तुलसीपुर ‘ए’ र ‘बि’ भिड्ने भएका छन् ।


नगर युवा सञ्जाल तुलसीपुर दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार सम्पन्न निकै रोमाञ्चक अनि कडा प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा जनदेउराली युवा क्लव संक्रामलाई २५–१८, २३–२५, २५–२१ र २५–२० अर्थात् ३–१ को सेटमा पराजित गर्दै दीप शान्ति ‘ए’ ले फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै न्यु स्टार क्लव नारायणपुरलाई २५–२२, २५–२० र २५–१६ अर्थात् ३–० को सोझो सेटमा पराजित गर्दै दीप शान्ति ‘बि’ ले दीप शान्ति ‘ए’ सँगको उपाधी भिडन्त पक्का गरेको हो । प्रतियोगिताको फाइनल भिड्न्त शनिबार ११ वजेपछि हुने प्रतियोगिताका संयोजक कमल खत्रीले जानकारी दिनुभएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ तुलसीपुर अरनिको मैदानमा जारी जिल्लाको ठूलो धनराशी पुरस्कार रहेको प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ६० हजार पुरस्कार तथा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय हुने टिमले क्रमशः ३५ र २० हजार नगद पुरस्कार तथा शिल्ड, मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले बताएको छ ।
यसैबीच आयोजक संस्था तुलसीपुर नगर युवा सञ्जालका अध्यक्ष प्रकाश शर्मा र सहसचिव प्रकाश रावतले प्रतियोगिताको फाइनल समारोहमा उपस्थितिका लागि जिल्लामा स्थापति उद्योगी, व्यवसायी, खेलप्रेमी, खेलाडी, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकारलगायत सबैमा आग्रह समेत गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१