सामुदायिक प्रहरी सेवा केन्द्रको भ्रमण टोलीलाई स्वागत
दाङ, माघ । अध्ययन अवलोकन भ्रमणमा आएको सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन–२ काठमाडौँको टोलीलाई दाङमा स्वागत गरिएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङले बिहीबार बिहान घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण टोलीलाई स्वागत गरेको हो । सामुदायीक सेवा केन्द्रहरुको अध्ययन एवं अवलोकनका लागि दाङ आएको टोलीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा अनुभव आदानप्रदान गरिएको थियो । त्यस अवसरमा दाङ जिल्ला सामुदायीक केन्द्र र यसले गरेका कार्यहरुको बारेमा सल्लाहकार भुपेन्द्र सुवेदीले जानकारी गराउनुभएको थियो, भने अध्ययन टोलीको तर्फबाट सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन–२ काठमाडाँैका महासचिव प्रेम लामाले जानकारी गराउनुभएको थियो । साथै त्यस अवसरमा आगामी दिनमा कार्यक्रम गर्दा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने विषयमा पनि छलफल भएको थियो । सामुदायीक प्रहरी सेवा केन्द्र दाङका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन–२ काठमाडाँैका अध्यक्ष प्रताप दानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायीक सेवा केन्द्र दाङका सहसचिव कुलबहादुर घर्तीले स्वागत गर्नुभएको थियो, भने सचिव आर.के.शीतलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । भ्रमणमा कार्यसमिति, सल्लाहकार, प्रहरी कर्मचारी गरी २४ जनाको टोली रहेको छ । अध्ययन तथा अवलोकन भ्रमण टोलीले मध्य तथा सुदूरपश्चिमको भ्रमण गर्ने छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed