ताजा अपडेट

लिटल एञ्जलको २१ आंै वार्षिकोत्सव

          |   122 Views   |   Published Date : 9th February 2018 |

27847877_546683812367274_1848475058_n

दाङ, माघ । लिटल एञ्जल स्कुल घोराहीको २१ औ वार्षिकोत्सव सम्पन्न भएको छ । आफ्नै विद्यालयको प्राङ्गणमा कार्यक्रमको आयोजना गरी २१ आंै वार्षिकोत्सब मनाइएको हो ।


वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, आर्ट ग्राफ प्रदर्शनी, चाइनिज तथा बंगालादेशको संस्कृति झल्किने कला प्रस्तुत गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदिप किरण आचार्यको अध्यक्षता तथा प्रदेश सांसद अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रदेश सांसद डाँगीले अबको शिक्षा बिक्ने शिक्षा हुनुपर्ने बताउनुभयो ।


वैज्ञानिक र व्यवहारिक शिक्षाको कमी भएको महसुस गरिदै आएको परिप्रेक्षमा अब निजी विद्यालयहरुले सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्याव्सन दाङका उपाध्यक्ष मधुसुदन केसीले राज्यले निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको बताउनुभयो ।

देशको शिक्षाको विकासका लागि निजी विद्यालयहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्र्दै निजी विद्यालयको विकासमा कुनै पनि सहयोग गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले भोलिको विकासका लागि अहिलेका बालबालिकाहरुको विकास हुनु आवश्यक रहेको भन्दै त्यसका लागि विद्यालयले विद्यार्थीहरुको चौतर्फि ज्ञान बाँड्नुपर्ने बताउनुभयो । कार्यक्रममा नागरिक समाजका सचिव चन्द्रराज पन्त, अभिभावक सुशीला बुढा, प्याव्सनका जिल्ला सदस्य विरेन्द्र चन्द, दिलबहादुर पुनलगायतले बोल्नुभएको थियो । विद्यालयका प्रिन्सिपल यादव गिरीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, भने स्वागत मन्तब्य विद्यालयका भाइस प्रिन्सिपल विमल रोकाले गर्नुभएको थियो ।
कार्यक्रममा पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयले सञ्चालन गरेको शैक्षिक, खेलकुद, शुक्रबारको कार्यक्रम तथा विभिन्न अवसरमा आयोजना गरिएका कार्यक्रमहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१