ताजा अपडेट

लागुऔषध नियन्त्रण समिति गठन

          |   364 Views   |   Published Date : 9th February 2018 |

dsdsd

दाङ, माघ  । घोराही क्षेत्रमा लागुऔषध नियन्त्रण कार्ययोजना सिधा कारबाही अभियान प्रभावकारी बनाउनका लागि घोराही नगरस्तरिय लागुऔषध नियन्त्रण समिति गठन गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीको अगुवाईमा भएको भेलाले समिति गठन गरेको हो ।


भेलाले वडा प्रहरी कार्यालय घोराहीका प्रहरी नावय निरिक्षक मोहनलाल वली संयोजक रहेको समिति गठन गरेको छ । जसको सदस्यमा रमेशकुमार पाण्डेय, शक्तिराम डाँगी, रविलाल घर्ती, विष्णु पुन, आर.के.शीतल, विशाल घर्ती, शेरजंग विकलगायतका रहनुभएको छ । साथै यस समितिमा शिक्षा कार्यालय, जनस्वास्थ्य कार्यालय, आमा समूहबाट सदस्य थप गरिने भएको छ ।


साथै समितिले यही माघ २७ गते बिहान ८ वजेदेखि न्यू सिर्जनशील टोल नयाँ बजारमा लागुऔषध विरुद्ध सचेतनमुलक कार्यक्रम गर्ने वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

यस्तै फागुण ३ गतेदेखि दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा हुने महोत्सवमा सामुदायीक प्रहरी सेवा केन्द्रसँगको समन्वयमा लागुऔषध बिरुद्धको सचेतनामुलक पर्चापम्पलेट वितरण गर्ने पनि समितिले निर्णय गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१