ताजा अपडेट

फागुन ६ गतेभित्र नयाँ सरकार बन्छः प्रचण्ड

          |   128 Views   |   Published Date : 9th February 2018 |

 Prachanda-57a5616475b7d8.63218526

चितवन माघ २६ |    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ६ गतेभित्र नयाँ सरकार गठन हुने बताएका छन्।

शुक्रबार गृहजिल्ला चितवन आएका अध्यक्ष प्रचण्डले सत्रकारहरुसँग कुरा गर्दै सरकार गठन र पार्टी एकताको काम सँगसँगै अगाडि बढेको जानकारी दिए।

‘प्रदेश सरकारको गठन प्रक्रिया अगाडि बढीसक्यो, राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न भयो’, उनले भने, ‘अब नयाँ सरकार गठनको कार्य अगाडि बढ्छ।’

पार्टी एकताका लागि मोडालिटी तयार गर्ने दिशामा आफूहरु लागेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एकतामा कुनै समस्या नरहेको स्पष्ट पारे। विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको उनकाे भनाइ थियो।

उनले एकतामा पद नमिलेको भन्ने कुरा हल्लामात्र भएको दावी गरे। उनले एमाले अध्यक्ष ओली र आफू दुबै पार्टीको अध्यक्ष र प्रधानमन्त्री भैसकेको भन्दै पदका कारण मात्र एकता नरोकिएको बताए।

‘नेताहरुपिच्छे फरक कुरा आउँदा बाहिर गलत हल्ला गयो’, उनले भने, ‘तपाईंहरु आधिकारीकबाहेक बाहिर चर्चा चलेका हल्लाका पछाडि नलाग्नुहोस्।’

एकता सकरात्मक दिशामा अगाडि बढेपनि नेताहरुको कार्यव्यस्तताका कारण संयोजन समितिको बैठक नियमित रुपमा बस्न नसकेको उनले स्पष्ट पारे। ‘म चितवनबाट फर्केलगत्तै एकता संयोजन समितिको बैठक राखेर एकता पक्रियालाई अगाडि बढाउछौँ’, उनले भने।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१