ताजा अपडेट

राजनीतिक गतिरोध अन्त्य–शंकर पोख्रेल

          |   50 Views   |   Published Date : 8th February 2018 |

aaannhhuuu

दाङ, माघ। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेशसभा सदस्य शंकर पोख्रेलले राजनीतिक गतिरोध अन्त्य भएको बताउनुभएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार राष्ट्रियसभा निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अब सबै राजनीतिक गतिरोध अन्त्य भएको बताउनुभएको हो ।


प्रदेशनम्वर ५ का भावी मुख्य मन्त्रीका रूपमा हेरिएका पोख्रेलले भन्नुभयो ‘राष्ट्रिय सभाको निर्वाचन पनि भइसक्यो, त्यसैले अब सबै स्थानमा जनप्रतिनिधिले शासन गर्ने छन् र संविधान पूर्ण रूपमा क्रियाशील हुनेछ ।

’ उहाँले सबै निर्वाचन सम्पन्न भएको हुँदा अब संविधान कार्यान्वयनको महत्वपूर्ण चरण सकिएको समेत तर्क प्रस्तुत गर्नुभयो । अब मुलुक सकारात्मक दिशातिर अगाडि बढ्ने बताउनुभएको उहाँले देशवासी सबैका लागि यो सुखद क्षण भएको बताउनुभयो ।
फरक प्रसंगमा पोख्रेलले स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएको बताउनुभयो । ‘राष्ट्रियसभा निर्वाचनले गर्दा १२ वटै जिल्लाका प्रदेशसभा सदस्यहरूले दाङलाई निहाल्न पाएका छन् र अब उहाँहरूले सही निर्णय गर्ने आशा गर्न सकिन्छ,’ पोखरेलले भन्नुभयो । उहाले घुमाउरो पाराले दाङ नै प्रदेश राजधानीका लागि प्रदेशमा सबैभन्दा उपयुक्त स्थान भएको बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१