ताजा अपडेट

यस पटकको भ्यालेन्टाइन डी.जे.ज्याक संग

          |   570 Views   |   Published Date : 8th February 2018 |

27659050_1872702649440634_102616657_n

दीपक जी.एम. दाङ, माघ २५ |   तीन महिना अघि मात्र सञ्चालनमा आएको म्यांगो गार्डन एण्ड रेस्टुरेण्टले छोटो समय मै ग्राहकहरुको मन जित्न सफल भएको छ ।

गत महिना विदेशी नंया सालमा राखिएको सांगीतिक कार्यक्रमलाई दर्शकहरु माझ लोकप्रिय बनाउन सफल उक्त गार्डनले यस पटक पनि प्रेमदिवसको अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

विभिन्न सुविधा तथा सु-सम्पन्न युक्त रहेको म्यांगो गार्डनले यस प्रेमदिवसमा चितवनका प्रख्यात डी.जे.ज्याकलाई ल्याउने भएका छन । अहिलेको युवा पुस्तामा फोटो खिच्ने प्रविधि पनि व्यापक रहेको हुंदा डी.जे.ज्याक संगै फोटोग्राफरलाई पनि ल्याउने कार्यक्रमका आयोजक म्यांगो गार्डनका म्यानेजर सुबोध आचार्यले बताउनु भयो ।

साथै उक्त सांगीतिक कार्यक्रम फागुन १ र २ गते गरी दुई दिन रहेको पनि बताउनु भयो । फागुन १ गते दांग कै स्थानीय व्याण्ड न्यु डे द्वारा लाइभ म्युजिक प्रस्तुत गर्ने र दर्शकहरुका लागी कुनै शुल्क नरहेको कार्यक्रमका सहयोगी राजेश बस्नेतले जानकारी दिनुभयो । साथै फागुन दुई गते अर्थात प्रेमदिवसको दिन टिकट शुल्क रहेको र एकजनाको रु २०० तथा जोडी टिकटको रु ३०० रहेको बताउनु भयो ।

प्रेमदिवसको दिन प्रेमी जोडीका लागी श्रेष्ठ अटो मोबाइलले विभिन्न उपहारहरुको आयोजना गरेको छ ।जोडी टिकट लिएका प्रेमी जोडीहरुलाई यामहा बाइक तथा स्कूटी संग सम्बन्धित प्रश्नहरु सोध्ने र सबै भन्दा धेरै प्रश्नहरुको जवाफ दिने उत्कृष्ट जोडीलाई उपहार प्रदान गर्ने जानकारी अटोमोबाइलका सञ्चालक दीपक श्रेष्ठले दिनुभयो ।

दर्शकहरुले डी.जे. को मज्जा लिंदै म्यांगो गार्डन द्वारा राखिएको नास्ताहरुको पनि स्वाद लिन पाउने छन , गार्डनले विभिन्न फुड स्टलको प्रबन्ध राख्नुका साथै प्याकेजमा विशेष छुट रहेको आयोजक सुबोध आचार्यले जानकारी दिनुभयो ।

उक्त सांगीतिक कार्यक्रमको प्रायोजक नेपाल आइस तथा ओल्ड मोंकले गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१