ताजा अपडेट

टुँडीखेलमा हुने ‘द दवङ टुर’ कार्यक्रमका लागि सलमानको पारिश्रमिक ४ करोड ८० लाख

          |   146 Views   |   Published Date : 8th February 2018 |

129367608027906926_1330892637011740_1510190883_o

काठमाडौं । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने सलमानको ‘द दवङ टुर’ कार्यक्रमका लागि उनले ४ करोड ८० लाख रुपैयाँ लिएका छन् । उक्त रकम आयोजकले सलमानलाई अग्रिम रुपमा पठाइसकेको छ । यस्तै अन्य कलाकारलाई ३ करोड २० लाख रुपैयाँ पठाइसकेको छ ।

“हामीले सलमानलाई ३ करोड आईसी पठाइसकेका छौं,” आयोजक ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने, “मेगास्टार सलमानका लागि यो निकै सानो रकम हो । सानो बजार भएकाले उहाँ यो रकममा सहमत हुनुभएकोे हो । अन्य बाँकी कलाकारका लागि हामीले २ करोड आईसी पठाएका छौं ।”

सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि नेपाल आउनेछन् ।

सलमानसँग नेपालका ५ कलाकारले स्टेज सेयर गर्नेछन् । तर, नेपाली कलाकार कोको हुने भन्ने तय भैसकेको छैन । “अहिले हामी एजेन्सीमार्फत् नेपाली कलाकार को लिने भनेर छलफल गरिरहेका छौं,” सिमान्तले भने ।

यता नेपाली कलाकारले भने पारिश्रमिक र स्टेज सेयरमा कुरा नमिलेको बताएका छन् । बिनापारिश्रमिक आयोजकले अफर गरेको उनीहरुले बताएका छन् । नायिका स्वस्तिमा खड्काले आयोजकले बिनापारिश्रमिक नै पर्फर्मेन्स गरिदिने आशयले अफर गरेको दाबी गरिन् । “च्यारिटी शो हो भने ठिक छ, हामी तयार छौं, हैन भने उहाँहरु व्यापार गर्ने हामीले पारिश्रमिक नलिई पर्फर्मेन्स गर्ने भन्ने हुँदैन,” उनले भनिन् ।

सलमानले गर्ने डान्समा कोरस गर्नसमेत आयोजकले आग्रह गरेको भन्दै उनले भनिन्, “हामी नेपाली कलाकारको पनि इज्जत छ नि, हामी कोरस गर्दैनौं,” स्वस्तिमा भन्छिन्, “सलमान ठूलो स्टार कलाकार हो हामीलाई थाहा छ, म पनि सम्मान गर्छु । उहाँ नेपाली गीतमा नाच्नुहुन्छ भने म उहाँको डान्समा कोरस गर्न तयार छु, तर उहाँले गर्ने हिन्दी डान्समा कोरस गर्न मेरो नैतिकताले पनि दिँदैन ।”

यता, ओडिसीले भने बिनापारिश्रमिक नेपाली कलाकारलाई अफर नगरिएको बताएको छ । “नेपाली कलाकार हाम्रा लागि झन् महत्वपूर्ण हुनुहुन्छ । उहाँहरुलाई हामी सकेसम्म धेरै पारिश्रमिक दिन चाहन्छौं । उहाँहरुको व्यस्तताले हामीले अहिलेसम्म फाइनल गर्न सकेका छैनौं,” गुरुङले भने ।

कार्यक्रमका लागि टिकट ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका रहेको गुरुङले जानकारी दिए । ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१