ताजा अपडेट

जन्मदिनमा जेष्ठ नागरिकलाई सहयोग

          |   1026 Views   |   Published Date : 8th February 2018 |

 27939136_848477712003968_165364315_n

27752414_1535080853275561_5240002724412198005_n

दीपक जी.एम. दाङ, माघ २५ |    घोराहीको तेरौटे स्तिथमा रहेको बृदाश्रममा आफ्नो जन्मदिनको अवसर पारेर घोराही १५ निवासी मेलिशा खड्काले १९ जना वृध्दवृद्धाहरुलाई सहयोग गर्नु भएको छ ।

सानै उमेरमा मेलिशाले जेष्ठ नागरिकहरु प्रति माया स्नेह राखी जाडोको लागी ओढ्ने शल, ऊनको टोपी ,फलफूल तथा चाउचाउ बिस्कुट वितरण गर्नु भएको हो ।

” मान्छे उमेरले होइन सोचले ठूलो हुनु पर्छ ” भन्ने मान्यता राख्दै खड्काले वृद्धवृध्दाहरुलाई सहयोग गरेको बताउनु भयो । साथै उहांले बृदाश्रममा आएर आफू भन्दा ठूला मान्यजनहरुको आशीर्वाद तथा माया लिन पाउँदा अत्यन्त खुसी भएको बताउनु भयो ।

जन्मदिनलाई लक्षित पारी मेलिशा खड्काले बुवा मदन खड्का तथा आमा चांदनी खड्काको नेतृत्वमा बृदाश्रममा सहयोग गर्नु भएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१