ताजा अपडेट

अबको केही दिनमा नयाँ सरकार गठन हुन्छ–मन्त्री गौतम

          |   97 Views   |   Published Date : 8th February 2018 |

sanjaye-660x330

दाङ, माघ  । नेपाल सरकारका सिचाई मन्त्री सञ्जय गौतमले मुलुकलाई अब विकास र समृद्धिको यात्रातर्फ लैजानुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लव दाङले बुधबार घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री गौतमले भन्नुभयो, ‘मुलुकको अबको यात्रा विकास र समृद्धिको हो । संविधानसभाले बनाएको संविधानसँगै निर्वाचनका सम्पूर्ण प्रक्रिया पुरा भएका छन् । अब चाँडै नै नयाँ सरकार बन्नेछ । यसमा म विश्वस्त छु ।’


राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै सरकारको दायित्व पुरा भएको भन्दै मन्त्री गौतमले नयाँ सरकार गठनका लागि आफूहरुले मार्ग प्रसस्त गर्ने बताउनुभयो । जनताले दिएको जनादेशको सम्मान गर्र्दै रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका खेल्न कांग्रेस तयार रहेको भन्दै मन्त्री गौतमले भन्नुभयो, ‘हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं । बाम गठबन्धनका साथीहरुले सरकार बनाउनुहोस् । हाम्रो धेरै धेरै शुभकामना छ ।’
नयाँ सरकार कहिले बन्छ ? भन्ने पत्रकारको जिज्ञासामा मन्त्री गौतमले भन्नुभयो, ‘निर्वाचन आयोगले सम्पूर्ण मत परिणाम बुझाइसकेपछि नयाँ सरकार गठनको बाटो खुला हुन्छ । हामी संवैधानिक ढंगले अघि बढिरहेका छौं ।’ अस्थायी राजधानी तोकेसँगै सरकारको बिरुद्धमा आएका प्रतिक्रियाप्रति लक्षित हुँदै मन्त्री गौतमले भन्नुभयो, ‘अस्थायी मुकाम तोक्नैपर्ने सरकारको बाध्यता थियो ।

क्याविनेटमा भएका छलफलका बीचमा राजधानी तोकेको हो । स्थायी मुकाम तोक्ने अधिकार प्रदेश सभालाई छ ।’ स्थायी मुकाम प्रदेश सभाले तोक्ने भएकाले यसमा नयाँ ढंगले सोच्न सकिने भन्दै मन्त्री मन्त्री गौतमले जनताको बिरोधलाई सम्बोधन गरेर स्थायी राजधानी तोक्न प्रदेश सभालाई आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा बोल्दै मन्त्री गौतमले आफूहरुका कारणले सरकार गठनमा ढिलाई नभएको बताउनुभयो । ‘सरकारले आफ्नो आयु लम्बाएको भन्दै सरकार गठनमा ढिलाई गरिरहेको आरोप हामीहरुलाई लगाइएको छ, यसमा मेरो सहमति छैन’, मन्त्री गौतमले भन्नुभयो, ‘हामीलाई लगाइएको आरोप र अभियोगको म यही मञ्चबाट खण्डन गर्दै भन्न चाहन्छु, हाम्रो कारणले गर्दा सरकार गठनमा ढिलाई भएको होइन । प्रक्रिया मिलाउँदा ढिलाई भएको हो ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१