ताजा अपडेट

प्रदेश नं. पाँचको निर्वाचनमा ३ सय ३ जनाको मतदान: निर्वाचनमा २ जना अनुपस्थित

          |   94 Views   |   Published Date : 7th February 2018 |

DANG-LL

दाङ, माघ २४ । राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्र्तगत दाङमा भएको प्रदेश नं. पाँचको निर्वाचनमा ३ सय ३ जनाले मतदान गरेका छन । प्रदेश नम्बर ५ मा ३ सय ५ जना मतदातामध्ये ३ सय ३ जनाले मतदान गरेका हुन् ।

मतदानमा दुई जनाले सहभागी भएनन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् । राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ५ सदस्य चयनका लागि मतदान भएको हो ।

प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम बुधबार नै राति १० बजेसम्म आउने भएको छ । तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

‘हामी ४ बजेदेखि मतगणना शुरु गर्छौं, १० बजेसम्म नतिजा आइसक्छ’ उनले भने । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१