ताजा अपडेट

गैरकानुनी रुपमा ११ जनालाई कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु

          |   133 Views   |   Published Date : 7th February 2018 |

rajendra-khadgi-2

काठमाडौं, २४ माघ। नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका वेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।

सीआईबीले खड्गीमाथि अनुसन्धान थालेको भए पनि अहिले अनुसन्धान प्रारम्भिक चरणमै रहेको सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले  बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१