ताजा अपडेट

नेविसंघ कार्यकर्ताको मृत्यु भएपछि पोखरामा तनाव

          |   114 Views   |   Published Date : 6th February 2018 |

pokha  पोखरा,२३ माघ । पोखरामा गाडीको ठक्करबाट नेविसंघका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ ।

क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएको थियो । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ वर्षीय ढकाल नेपाल विद्यार्थी संघ स्याङ्जा-पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष हुन् ।

नेविसंघका नेता विधान लामिछानेले भने, ‘वोधराज जी कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएर मार्‍यो । अहिले स्थिति तनावग्रस्त छ ।’

तत्काल गण्डकी मेडिकल कलेजमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ढकाललाई मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१