ताजा अपडेट

दाङलाई स्पोर्ट सिटी का रुपमा विकास गरिने

          |   51 Views   |   Published Date : 6th February 2018 |

dang-sport-photo-5a79327fa60136.45117391

तुलसीपुर, माघ २३ : दाङलाई खेलकुद सहर (स्पोटसर् सिटी) का रुपमा विकास गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दाङको तुलसीपुरलाई केन्द्र बनाएर जिल्लालाई स्पोर्टस् सिटीका रुपमा विकास गर्न लागेको हो।

जिल्लालाई स्पोर्टस् सिटी निर्माणका लागि अध्ययन सकिएको र प्रतिवेदन समेत राखेपमा गइसकेकाले कार्यान्वयनको चरणमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिए। उनले पाँच वर्षदेखि १५ वर्षको रणनीतिक योजना तयार पारेर पूर्वाधार निर्माणमा लाग्ने बताए।

राखेप)ले दाङको तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्ने सम्बन्धमा सरोकारवाला र विभिन्न संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ। तुलसीपुरमा सोमबार आयोजित अन्तरक्रियामा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलकुद संरचना निर्माणमा गरिएको लगानीलाई खर्चका रूपमा हेर्न नहुने धारणा व्यक्त गरे।

उनले स्वस्थ नागरिक र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी उत्पादनका लागि खेलकुदमा लगानी आवश्यक भएको प्रतिक्रिया दिए। उनले स्पोर्ट्स सिटी निर्माण गर्न परिषद् प्रतिबद्ध रहेको बताउँदै यो कार्यमा सम्बन्धित सबैको साथ आवश्यक भएको बताए।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले स्पोर्ट्स सिटी निर्माण गर्न राखेपसँग साझेदारी गर्न तयार रहेको बताए। उनले तुलसीपुरमा एकेडेमी निर्माण गर्नका लागि उपमहानगरपालिकाले बजेटसमेत विनियोजन गरेको जानकारी गराए।

उनले एक वडा एक खेल मैदान बनाउने उपमहानगरपालिकाको योजना रहेको बताए। तुलसीपुरमा स्पोर्ट्स सिटी निर्माण गर्न राखेपले बोर्ड सदस्य विनोद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय तुलसीपुर स्पोर्ट्स सिटी सम्भाव्यता अध्ययन कार्यदल निर्माण गरेको छ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दाङमा सबै खालका खेलको सम्भावना रहेकाले त्यसको विकास गर्न लागि तयार रहेको बताए। पाण्डेले उपमहानगरले एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदानको अवधारणा अनुसार खेलमा क्षेत्रमा लगानी गरेको बताए।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१