ताजा अपडेट

१० हजार रुपैयाँ घुससहित घुमुवा प्रहरी पक्राउ

          |   149 Views   |   Published Date : 5th February 2018 |

hatkadi

माघ २२, २०७४ जनकपुरधाम : सेवाग्राही घुस लिएको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सुनसरी श्री गाँउपालिका–१ बस्ने स्थायी प्रहरी पोष्ट लक्षमिनिया धनुषामा कार्यरत प्रहरी जवान मनोज कुमारप्रसैलालाई १० हजार रुपैयाँ घुससहित  पक्राउ गरेको हो।

मदिरा बिक्री वितरण सहज बनाइदिने र इजाजतपत्र बनाइदिने भन्दै प्रसैलाले एक व्यापारीसँग १० हजार रुपैयाँ घुस लिएको अायोगको दाबी छ। जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ परेका प्रसैलालाई आयोगको सम्पर्क कार्यालय बर्दिबास लगिएको बताएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१