ताजा अपडेट

प्रियासनको सातौ कृति सहनशीला उपन्यासको विमोचन

          |   131 Views   |   Published Date : 5th February 2018 |

27661976_545131759189146_969493631_n

काठमाडौं ,माघ २२  |. पत्रकार एवं साहित्यकार सविन प्रियासनको सातौ कृति सहनशीला उपान्यासको आइतबार काठमाडौंमा विमोचन गरिएको छ |

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री बामदेव गौतमले सहनशीला उपन्यासको विमोचन गर्नु भएको हो | नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहन’ भएका प्रियासनको उपान्यासका हिसाबले पाँचौ उपन्यास हो |

27781281_545126015856387_1091664799_n

विमोचन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एव्र पार्टी प्रचारविभाग प्रमुख योगेश भट्टराई, माओवादी केन्द्र प्रवक्ता पम्फा भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो |

27720599_545127215856267_2145844661_n

ब्रदर ब’क्स प्रालि काठमाडौंले बजारमा ल्याएको सहनशीला उपन्यास सामाजिक विषय बस्न’तमा आधारित रहेको र महिलाको सवालमा केन्द्रीत रहेको उपन्यासकार प्रियासनले जानकारी दिन’भयो |

सहनशीला उपन्यासको व्यापक प्रचारप्रसारका लागि देशका विभिन्न शहरहरुमा विशेष कार्यक्रम गर्ने योजना उपन्यासको प्रकाशक संस्था ब्रदर ब’क्सले बनाएको छ |

एकसय बयान्नबे पेजको सहनशीला उपान्यासको मुल्य दुईसय साठी रुपैया रहेको छ | विमोचनका अबसरमा दुईसय पुस्तक बिक्री गरिएको थियो |

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१