ताजा अपडेट

७० वर्षसम्म परिवर्तन पर्खिदै: न आफ्नो नाममा जग्गा न दरबन्दी, जिर्ण भवनमा २ सय विद्यार्थी

          |   144 Views   |   Published Date : 2nd February 2018 |

 

Student-patient-solukhambu

दाङ, माघ  । देशमा राणा शासन सकिँदै गर्दा २००४ सालमा स्थापना भएको हालको अम्विकेश्वरी आधारभुत विद्यालय बेलघारी देशमा थुप्रै परिवर्तन आउँदा पनि परिवर्तन हुन सकेन । दाङको सदरमुकामको छेउँमै रहेको यो विद्यालय स्थापना भएको ७० वर्षसम्म पनि आफुलाई परिवर्तन गर्न सकेको छैन ।

संगै जन्मिएको एउटा बच्चा युवा, पौढ हुँदै ७० वर्षको बृद्ध हुँदासम्म पनि विद्यालयले काँचुली फेर्न नसकेको हो । विद्यालयको करिब आधा समय कहिले कुटीमा त कहिले रुखमुनी सिमित भएर वित्यो । त्यति मात्र हैन यो विद्यालयको स्थानान्तरण र नामांकरण समेत परिवर्तन हुँदै आएको छ । २०१४ सालमा हालको मावि रझेनामा गाभिएको थियो । लामो समय पछि मात्रै छुट्टीएको यो विद्यालय २०३२ सालमा प्रावि घोरदौराको नामले सञ्चालन भएको थियो ।

‘२००४ सालमा स्थापना भएको विद्यालय हो । त्यतिबेलाका स्थानिय बुद्धिजिविहरुले सुरुवात गरेको ईतिहास छ ।’ विद्यालयका प्रधानाध्यापक सिता पौडेलले भन्नुभयो, ‘यो विद्यालय कहिले कहा कहिले कहाँ पुग्यो । २०३५ साल देखि मात्रै यो विद्यालय नियमित रुपमा शिक्षा दिन सुरु गरेको हो ।’ २०३७ साल देखि कक्षा ४ को शिक्षा सुरु गरेको विद्यालयको विकासमा थोरै सुधार हुन २०६२÷६३ को आन्दोलन कुर्नु प¥यो । २०४० साल देखि विद्यालयमा अध्यापन गराउँदै आउनु भएकी सीता पौडेलले २०६५ साल देखि विद्यालयको केही विकास भएको बताउनुभयो ।

ऋहिले विद्यालयमा २ सय ५ जना विद्यार्थीहरु छन् । कक्षा ८ सम्मको मात्र पढाई हुने विद्यालयको भौतिक संरचना अड्याउने जग्गा पनि आफ्नो नाममा छैन । तत्कालिन समयमा स्थानिय समुदायीक जग्गामा निर्माण भएको यो विद्यालय ऐलानी प्रति जग्गामा चलिरहेको छ । प्रावि कक्षा सञ्चालनका लागि ५ जना स्थायी र एक जना स्थायी शिक्षकको दरबन्दी भएपनि निमावि कक्षा सञ्चालनका लागि दरबन्दी समेत पाएको छैन ।

विद्यालयमा अध्ययन गर्न दुई देखि साडे दुई घण्टा हिडेर अध्ययन गर्न आउछन् विद्यार्थीहरु । गरिव तथा आर्थिक अबस्था कमजोर र दलित आदिबासी जनजाती समुदायका बालबालिकाहरुले अध्ययन गर्ने विद्यालयमा न सुरक्षा छ न पर्याप्त स्रोतसाधनहरु । ‘पुरानो विद्यालय हो । यहाका अभिभावकहरु त्यति शिक्षित हुनुहुन्न, मजदुरी गरेर खाने परिवारका बच्चाहरु पढ्छन् ।

’ प्रधानाध्यापक पौडेलले भन्नुभयो, ‘राजनीतिक दलहरुले चासो दिन नसक्दा विद्यालयले प्रगती गर्न नसकेको हो की जस्तो लाग्छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१