ताजा अपडेट

विद्यालयको ४१ औ बार्षिकोत्सब

          |   127 Views   |   Published Date : 2nd February 2018 |

students in sample class (khotang) (1)

दाङ, माघ|   २०३३ सालमा औपचारिक रुपमा शिक्षा प्रदान गर्न सुरु गरेको अम्बिकेश्वरी आधारभुत विद्यालय बेलघारी घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बापुरले ४१ औ बार्षिकोत्सब मनाएको छ । विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर आफ्नो ४१ औ बार्षिकोत्सबका अबसरमा विभिन्न कार्यक्रमहरु गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमोद पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १८ वडा अध्यक्ष भरत अर्यालको प्रमुख आतिथ्यता एबं नगर शिक्षा प्रमुख नारायण पौडेलको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पुर्वउपप्रधानपञ्च तोरणध्वज श्रेष्ठ, अम्बे सामुदायीक बन समुहका अध्यक्ष श्रीधर बस्याल, परियार सेवा समाजका अध्यक्ष केशब नेपाली, डिटेन ईन्टरटेन्मेन्टका सदस्य दिलु सुनार, पुर्वव्यवस्थापन समितिका अध्यक्ष दलबहादुर वली लगाएतले बोल्नु भएको थियो ।

बार्षिकोत्सबको अबसरमा आयोजना गरीएका विभिन्न प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो । यस्तै गतशैक्षिक सत्रमा कक्षा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरीएको हो । साथै विद्यालयमा विभिन्न समाजसेवीहरुले स्थापना गर्नुभएको अक्षयकोषको पुरस्कार पनि वितरण गरीएको शिक्षिका संगीता चौधरीले जानकारी दिनुभएको छ ।

विद्यालयकी शिक्षिका निर्मला कुमारी आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण डिल्लीराज जिएमले गर्नुभएको थियो । सो अबसरमा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गर्नुभएको थियो भने विभिन्न आसनका योगाहरु समेत विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

विद्यालयलाई सहयोग

विद्यालयको विकास र विद्यार्थीहरुको अध्ययनमा सुधार ल्याउने उदेश्यले विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष दलबहादुर वलीले ५५ हजार रुपैयाको अक्षय कोषस्थापना गर्नुभएको छ भने पुर्वउपप्रधानपञ्च तोरणध्वज श्रेष्ठले २५ हजार २५ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । यस्तै परियार सेवा समाजका अध्यक्ष केशब नेपाली सहितको समुहले विद्यार्थीहरुको लागि शैक्षिक सामग्रीहरु, विद्यालय झोला सहयोग गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१