ताजा अपडेट

नेपाल तरुण दल दाङले पुल र सडक निर्माणको काम छिटो गर्न गम्भीर ध्यानाकर्षण

          |   257 Views   |   Published Date : 1st February 2018 |

katuwa-khola-pul-dang

दाङ, माघ १८ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल दाङले पुल र सडक निर्माणको काम छिटो गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ।

सम्बन्धित निकायले समयमै निमार्णाधीन कामहरू सम्पन्न गर्न ध्यान नदिँदा दाङबासीले भोग्नु परेको असुविधाप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको भन्दै छिटो काम गर्न आग्रह गरिएको छ।

दाङ जिल्ला अध्यक्ष टीका घर्तीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरि तुलसीपुर हुँदै लमहीसम्म विभिन्न खोलाहरूमा निर्माणाधीन पुल र तुलसीपुर तथा घोराहीमा फोर लेनको सडक निर्माण कार्यमा लामो समय सम्मपनि पूरा नभएको भन्दै छिटो काम गर्न ध्यानाकर्षण गराएका छन्।

निर्माण कार्यमा ढिलाई हुँदा धुँवा र धुलोले सर्वसाधारण जनता आजित भएको, सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको, वर्षातको समयमा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको भन्दै छिटो काम गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष घर्तीले बताए। एकवर्ष पहिले नै निर्माण भइसक्नुपर्ने पुल र सडकखण्ड अझै निर्माण पूरा नहुँदा जनताले सास्ती खेप्नु परेको उनले बताए।

‘सालिन्दा ठेकेदार फेर्ने र कमिशन खाने खेलकै कारण काममा ढिलासुस्ती भइएको छ,’–अध्यक्ष घर्तीले भने ‘ अब पनि काममा तीव्रता नहुने हो भने तरुण दल त्यसका विरुद्ध आन्दोलनमा उत्रने छ।’

तुलसीपुर– घोराही–लमही सडक खण्डमा झन्डै आधा दर्जन जति पुलहरू निर्माणाधीन छन्। पुल निर्माणको काममा विलम्ब हुँदा सालिन्दा यहाँका खहरे खोलाहरूमा आउने बाढीले यातायातका साधन बगाउने, यात्रु बगाउने तथा घन्टौं जाममा बस्नुपर्ने बाध्यता रहेको छ।

त्यस्तै तुलसीपुर र घोराही क्षेत्रमा निर्माणाधीन फोर लेनको सडक विस्तारको कार्यमा भएको ढिलाइले गर्दा आज सडकखण्ड धुलाम्मे हुँदा सर्वसाधारण नागरिकको स्वास्थ्य जोखिमा पर्दै जान थालेको तरुण दलका अध्यक्ष घर्तीले बताए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१