नगर प्रमुखको पहलमा पुलको काम सञ्चालन
निमार्ण कम्पनी, जग्गा मुआब्जा पिडित पक्ष, सडक डिभिजन कार्यालय दाङ लगायतलाई नगर प्रमुखले पटक पटकको सहमति गराउने प्रयास असफल भए पनि अन्त्यमा आएर सहमती हुन पुगेको छ ।
१ वर्षदेखि पुलको अबरुद्ध कामकाज १ हप्ता भित्र सञ्चालन गर्ने गरि वडा ५ का वडा अध्यक्ष कमल विकको अध्यक्षतामा राजनैतिक दल, स्थानीय, निर्माण कम्पनीका प्रतिनिधि, डिभिजन इन्जिनियर नरबहादुर चन्द र जग्गा मुआब्जा पिडित पक्ष विच पुलको काम सुचारु गर्ने सम्बन्धमा सहमती भएको हो ।
विकासका जुनसुकै कामकाजमा अवरुद्ध सिर्जना नगर्न नगर प्रमुख पुनले बन्गाड कुपिण्डेवासिलाई अनुरोध समेत गरेका छन् । विकासको गतिले पछि परेको र पहुँचको हिसावले अपहेलित यो पश्चिम वन्गाड सल्यानलाई सके सहयोग गर्ने तर नसके असहयोग नगर्न मेयरले आग्रह गरे ।
अवरुद्ध पक्की पुलको काम यथासक्य सञ्चालन गर्न मेयर पुनले सबैलाई आग्रह समेत गरेका छन् । हरिहरि जेभि निर्माण सेवाले लिएको पुलको ठेक्काको काम भने २०७४ पौष मसान्तमा सकिएको छ । जेभिले ४ करोड १७ लाखमा पुल निर्माणको लागि डिभिजनसँग सम्झौता गरेको थियो ।



Leave a comment