ताजा अपडेट

छ जुवाडे ३३ लाख सहित पक्राउ

          |   373 Views   |   Published Date : 1st February 2018 |

Juwade-pakrau-660x330

सुर्खेत, माघ १८ । सुर्खेत प्रहरीले ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा छ लाख ४९ हजार ५६० नगद र २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीले जुवाको खालबाट रु २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीका अनुसार कबाडीको ठेक्कापट्टा गर्ने बाराका सवीर मियाँको नाममा काटिएको गणेशजल सहकारीको १० हजार र दुर्गाप्रसाद सापकोटाका नाममा काटिएका चारवटा चेक बरामद भएका छन्।

सापकोटाका नामका ग्लोबल आइएमई बैंकको पाँच लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको रु १०–१० लाखका दुई चेक र सानिमा बैंकको एक लाख ६५ हजारको चेक बरामद गरिएको प्रनाउ चौधरीले जानकारी दिए।

। ‘ठाउँ परिवर्तन गर्दै खेल्ने गरेको सूचना हामीलाई प्राप्त भएको थियो’, प्रहरी निरीक्षक शंकर श्रेष्ठले भने, ‘निरन्तरको मेहनतपछि पक्राउ गर्न सफल भयौँ।’ प्रहरीका अनुसार यो समूह जुवा खेल्नका लागि वीरेन्द्रनगर नजिकैको जंगलमा पनि पुग्ने गरेको थियो।

केही दिनअघि उत्तरी जलाधार क्षेत्रभित्रको जंगलमा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले तास र मदिरामात्रै फेला पारेर फर्केको थियो।’हामी नपुग्दै उनीहरुसम्म सूचना पुगिसक्ने भएकाले पक्राउ गर्न सकिरहेका थिएनौँ”, प्रहरी निरीक्षक श्रेष्ठले भने, “यो पटक भने सफलता हात पर्‍यो।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१