सार्वजनिक बगैचामा खाद्यमेला सञ्चालन हुने
देउखुरी, माघ । देउखुरीको लमहीमा फागुन ४, ५ र ६ गते खाद्य मेला सञ्चालन हुने भएको छ । ‘परम्परागत पोसिलो एवं स्थानीय खाद्य पद्धार्थको प्रवद्र्धन गरांै, असल पोषणका लागि खानेबानीमा सुधार गरांै’ भन्ने मूल नाराका साथ लमहीमा खाद्य मेला सञ्चालन हुन लागेको हो । अहिले उपभोत्ताहरुले खाँदै आइरहेका स्थानीय स्तरमै उत्पादित खाद्य वस्तु पोषणयुत्त भएकाले त्यस्ता खाद्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले खाद्य मेलाको आयोजना गर्न थालिएको हो । उपभोक्तालाई अल्प प्रचलनमा रहेका परम्परागत खाद्य वस्तुको महत्वको बारेमा जानकारी नहुँदा आयातित प्रशोसनयुक्त खाद्यवस्तु खाइरहेकाले खाद्य मेलाले स्थानीय खाद्य वस्तुको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजना एवं देउखुरी उद्योग वाणिज्य संघ लमहीको सह आयोजनामा आगामी फागुन ४, ५ र ६ गते लमहीको सार्वजनिक बगैचामा खाद्य मेलाको आयोजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । साथै खाद्य मेलामा स्थानीय प्रतियोगितात्मक सांस्कृतिक प्रतियोगिता समेत हुनेछ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जकी प्रमुख जोत्सना श्रेष्ठले स्थानीय स्तरमा खाइपाई खाद्य वस्तुमा पाइने पौष्टिक तत्वको बारेमा ती खाद्य वस्तुको उपभोग गर्न आग्रह गर्नका लागि मेलाको आयोजना गर्न थालेको जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा लमही नगरपालिका वडानम्वर ५ का अध्यक्ष विमबहादुर केसी, … Continue reading सार्वजनिक बगैचामा खाद्यमेला सञ्चालन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed