लमही नगरपालिका वडानम्वर ६ नम्वरको वडा कार्यालय सारिने
शिवु खनाल, लमही, माघ । लमही नगरपालिका वडानम्वर–६ मा भएको वडावासीको भेलाले वडा कार्यालय सार्ने निर्णय गरेको छ । वडाध्यक्ष गणेशमान चौधरीको अध्यक्षतामा भएको वडावासीहरुको भेलाले वडा कार्यालय सारी दैनिक कामकाज सञ्चालन गर्ने निर्णय गरेको हो । स्थायी संरचना निर्माण हुनु भन्दा पहिले तत्कालका लागि पूर्वमा देउपुरको पिपल बोट, पश्चिममा सिसौ वगर सामुदायिक वन उपभोक्ता समितिको कार्यालय, उत्तरमा सिताराम चौधरीको घर र दक्षिणमा यादवप्रसाद चौधरीको घरको चार किल्लाभित्र अस्थायी कार्यालय सञ्चालन गर्ने निर्णय भएको छ । यसैगरी स्थायी कार्यालय सञ्चालनका लागि सिसौ वगर सामुदायिक वन उपभोक्ता समितिको साढे ३ कठ्ठा जग्गालाई प्रयोग गर्ने निर्णय भएको छ । भेलामा उपभोक्ताहरुले लमही नगरपालिकाले मालपोत करमा अस्वभाविक वृद्धि गरेको भन्दै यसलाई संशोधन गर्न आग्रह समेत गरेका थिए । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed