महायज्ञका लागि मालिका कालिकाले भाडामा छुट दिने
दाङ, माघ । जन कल्याण माध्यमिक विद्यालय दुधरासमा आयोजना महायज्ञ लागि भाडामा २० प्रतिशत छुट दिइने भएको छ । धार्मिक महायज्ञको अवधिभर माघ १८ देखि २५ गतेसम्म महायज्ञमा जाने यात्रुहरुलाई भाडामा २० प्रतिशत छुट दिइने मालिका कालिका यातायात प्रालिका अध्यक्ष सुमन पोख्रेलले बताउनुभयो । जिल्लामा रहेको मालिका कालिका यातायात र चन्द्र सूर्य यातायात प्रालिले छुट दिने सहमति भएको अध्यक्ष पोख्रेलले बताउनुभयो । जनकल्याण माध्यमिक विद्यालय दुधरासले प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न थालेको छ । यसैबीच घोराही उपमहानगरपालिका वडानम्वर ११ मा रहेको सूर्यज्योति सामुदायिक वनले महायज्ञका लागि आवश्यक पर्ने एक टेक्टर दाउरा सहयोग गरेको छ । वडानम्वर ११ का वडाध्यक्ष कुलबहादुर लामिछानेको विशेष पहलमा दाउरा सहयोग गरिएको हो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed