घोराही, माघ । दाङमा रहेका मगर समुदायका अगुवाहरुले मगर भाषालाई सरकारी कामकाजी भाषाका रुपमा विकास गर्न माग गरेका छन् । अठार मगरात खाम तथा संस्कृति संरक्षण बिकास मञ्चको प्रथम जिल्ला भेलामा सहभागी मगर समुदायका अगुवाहरुले मगर भाषालाई सरकारी कामकाजीका रुपमा विकास गर्न माग गरेका हुन् । पश्चिम नेपालका विभिन्न क्षेत्रमा मगर भाषा प्रचलनमा रहेको भन्दै सरकारले भाषाको संरक्षणका लागि भए सरकारी कामकाजीका रुपमा विकास गर्नुपर्ने बताएका थिए । जिल्ला अध्यक्ष देवबहादुर रोका मगरको अध्यक्षता तथा अठार मगरात खाम तथा संस्कृति संरक्षण विकास मञ्चका केन्द्रीय महासचिव दयाजी रोका मगरको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य धनसरी रोका मगरको विशिष्ट आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले मगर भाषामा पाठ्यक्रम विकास गरी विद्यालय सञ्चालन गर्न पनि माग गरेका थिए । मगर समुदायमा प्रचलनमा रहेको भाषालाई संरक्षणका लागि सरकारी तवरबाट पहल हुन आवश्यक रहेको बताएका थिए । यस्तै प्रथम भेलाले पूर्वी रुकुमको सदरमुका सार्ने सरकारी निर्णयको स्वागत गरेको छ । पुर्वी रुकुमको केन्द्र गोलखारा पर्ने भन्दै सरकारले गरेको निर्णयको पहिलो नम्वरमा स्वागत गर्ने निर्णय गरेको मञ्चका जिल्ला सचिव रामकुमार घर्ती मगरले जानकारी दिनुभएको छ । कर्म बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष सतबहादुर रोका मगर, नेपाल मगर महिला संघका पूर्व केन्द्रीय उपाध्यक्ष पूर्णकुमारी पुन … Continue reading मगर भाषालाई कामकाजी बनाउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed