देउवा सरकारका निर्णयले राज्यलाई घाटा हुन्छ–अपार

तुलसीपुर,। माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ ले देउवा सरकारले गरेका निर्णयहरुले राज्यलाई घाटा हुने बताउनुभएको छ । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको बैठकका प्रमुख अतिथि अपारले देउवा सरकारले जालझेल गरेर अनैतिक निर्णय गरेको बताउनुभएको हो । माओवादी केन्द्रका सचिवालय सदस्य अपारले कामचलाउ सरकारले गर्न नमिल्ने, राज्यलाई नोक्सान हुने निर्णय गरेको भन्दै यस्ता निर्णय सच्चाउनुपर्ने बताउनुभयो । ‘देउवा सरकारले जालझेल गरेर अलोकतान्त्रिक निर्णय गरेको छ’, अपारले भन्नुभयो, ‘कामचलाउ सरकारले गरेका यस्ता निर्णय कामचलाउमा मात्रै सीमित गर्नुपर्छ ।’ यस्ता निर्णय नसच्चाए देशले ठूलो नोक्सानी व्यहोर्ने उहाँको भनाई छ । उहाँले फागुणको पहिलो साता बाम गठबन्धनको नयाँ सरकार बन्ने र अबको नयाँ सरकारले कामचलाउ सरकारले गरेका यस्ता निर्णय उल्टाउने समेत बताउनुभयो । माओवादी केन्द्र तुलसीपुर उपमहानगर अध्यक्ष रामबहादुर दहित ‘अञ्जान’ को अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि अपारले माओवादी केन्द्र र एमालेबीच एकता हुने कुरामा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । ‘अहिले एक पार्टी अर्कोपार्टीमा बिलय हुने भनी अनावश्यक टिप्पणी हुने गर्नुभएको छ ।’ उहाँले भन्नुभयो, ‘यसको पछि नलाग्न अनुरोध छ ।’ बैठकमा माओवादी केन्द्र दाङका नेता कुवेर वली, माओवादी केन्द्र दाङका दाङका सह ईञ्चार्ज नारायणी शर्मा, तुलसीपुर नगर ईञ्चार्ज रामजी चौधरी ‘मिलन’, जिल्ला सहसंयोजक लुमबहादुर कार्कीलगायतले पार्टीको संगठनलाई मजवुत बनाएर लैजानुपर्ने बताउनुभयो । Facebook Comments