ईलेक्ट्रिक रिक्साको अध्यक्षमा पुनः रोका
तुलसीपुर, माघ। अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालि तुलसीपुरको अध्यक्षमा पुनः गम्मरचन रोका चयन भएका छन् । मंगलबार तुलसीपुरमा भएको प्रालिको भेलाले पुनः रोकाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा मीना छन्त्याल, भोजराज पन्थी, होमबहादुर केसी चयन हुनुभएको छ । त्यस्तै सचिवमा टीकाराम बुढाथोकी, कोषाध्यक्षमा चन्द्रलाल चौधरी चयन हुनुभएको छ । त्यस्तै सदस्यमा बेदप्रकाश वली रोमहर्ष केसी, भीमा बस्नेत, पुष्पा योगी, यदु कुमार सापकोटा, सुमन चौधरी, गिरिराज शर्मा, तिलबहादुर कार्की, तिलक बस्नेत चयन हुनुभएको छ । कार्यक्रमका वक्ताहरुले अहिले अटा ेचालकहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको बताएका छन् । अन्य ठूला सवारी साधनहरुको गल्तीले गर्दा दुर्घटना भए पनि अटोरिक्सालाई नै दोष आउने गरेको उनीहरुले बताएका छन् । साथै अटो ईलेक्ट्रिक रिक्सा प्रालिले बिगतदेखिनै अटो चालकको हक हितमा काम गर्र्दै आएको भन्दै प्रशंसा समेत गरिएको थियो । प्रालिका अध्यक्ष गम्मरचन रोकाको अध्यक्षतामा कार्यक्रम भएको हो । सहरी विकास मानविय आवश्यकता, अटो र्ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालिको सुनिश्चितता भन्ने भेलाको मुख्य नारा थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed