ताजा अपडेट

राप्ती बबई क्याम्पसलाई कसी बोर्ड स्थापना

          |   173 Views   |   Published Date : 30th January 2018 |

27497847_1572724782809592_556972737_n-660x330

तुलसीपुर, माघ । रोटरी क्लव अफ तुलसीपुर सिटीले जीवनपयोगी नारा समेटिएको चार सुत्रिय कसी बोर्ड हस्तान्तरण कार्यक्रम गरेको छ । रोटरी इमेजअन्तर्गत क्लवले तुलसीपुरमा रहेको राप्तो बबई बहुमुखी क्याम्पसमा उक्त वोर्ड हस्तान्तरण गरेको हो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठ र पूर्व अध्यक्ष बिजय केसीले क्याम्पस प्रमुख लक्ष्मण रेग्मीलाई वोर्ड हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्याम्पस प्रमुख रेग्मीले किताबी ज्ञान मात्र नभएर बाह्य ज्ञान अहिलेको विद्यार्थीलाई आवश्यक रहेकाले रोटरी चार सुत्रिय कसीलाई गहिरिएर मनन गर्नुपर्ने बताउनुभयो ।

उहाँले रोटरीले समाजको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै क्याम्पस परिसरमै आएर विद्यार्थीहरुको बीचमा यस्तो कार्यक्रम हुनु खुसीको कुरा भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि क्लवका पूर्व अध्यक्ष बिजय केसीले रोटरीले विश्वमै शिक्षा, स्वास्थ्य, वातावरण, खानेपानी, विश्व शान्ती र द्वन्द निवारण तथा समुदायको आर्थिक विकासका लागि सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा क्लवका अध्यक्ष तुफानबाबु श्रेष्ठले सफलता प्राप्तिका लागि कुनै कुरा सोच्दा, भन्दा वा गर्दा चार सुत्रिय कसीलाई जाँचेर गरियो भने त्यो फलदायी सिद्ध हुने बताउनुभयो । उहाँले आफूले गर्ने कामबाट कसैमाथि अन्याय हुन नहुने भन्दै सबैको हित हुने काम मात्रै गर्नुपर्ने बताउनुभयो ।

साथै आफ्ना लागि भन्दा पहिला अरुका लागि सोच्न सक्नु नै साचो अर्थमा समाज सेवा भएको उहाँको धारणा थियो । कार्यक्रममा क्लवका कोषाध्यक्ष बिनिल केसी, सहायक क्याम्पस प्रमुख गणेश पार्धे, लायन्स क्लव अफ दाङका पूर्व अध्यक्ष टेकनप्रसाद कडेल, रोट्रयाक्ट क्लव अफ तुलसीपुरका प्रस्तावित अध्यक्ष नबिन राईलगायतले बिचार राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन क्लवका महासचिव सन्दिपन रिजालले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१