ताजा अपडेट

” एबिसि माण्टेसरीको ५ औँ वार्षिक उत्सव सम्पन्न “

          |   244 Views   |   Published Date : 30th January 2018 |

aaaa

bbbbb

दाङ,माघ १६ |    एबीसी माण्टेसरीले आफ्नो ५ औँ वार्षिक उत्सव मनाएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेको माण्टेसरीमा नृत्य,गायन ,खेलकुद विजेता विद्यार्थीहरुलाई पुरस्कृत तथा शिक्षकहरुको लागी सम्मान कार्यक्रम पनि रहेको थियो ।

बिध्यालयका शिक्षकहरुको सहयोगमा नर्सरी ,युकेजी र कक्षा १ का विद्यार्थीहरुले फनपार्क,माछा राख्ने एक्युरीम ,पाल्तु तथा जंगली जनावर ,ग्रहमण्डल,चिड़ियाखाना र नेपालको नक्सा बनाएर आफ्नो कला प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रमको उदघाटन घोराहीकी उपमेयर सीता न्यौपानेले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ठ अतिथि नेपाली कांग्रेस घोराही १५ का अध्यक्ष रमेश पाण्डे तथा सिसा नेपालकी अध्यक्ष साजिदा सिद्दीकीले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा माण्टेसरीकी शिक्षिका मिना ओलीले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका मन्जिता रावतले गर्नु भएको थियो । कार्यक्रममा माण्टेसरीले विविध सांगीतिक कोसेली राख्दै उपस्तिथ अभिभावकहरुको मनोरन्जन गरेको थियो ।

cccccc

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१