ताजा अपडेट

घोराही उपमहानगरपालिकाको ४० औँ नगर स्थापना दिवस

          |   156 Views   |   Published Date : 29th January 2018 |

27497332_843293259189080_2007835912_n

दाङ, माघ १५ । घोराही उपमहानगरपालिकाले नगरको ४० औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ । उपमहानगरले पत्रकार विमला घर्तीसहित एक दर्जन बढी व्यक्तिहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

नगरको विकासमा सञ्चार क्षेत्रबाट पु¥याएको योगदानको सम्मान गर्दै घर्तीलाई प्रदेस सांसद अमरबहादुर डाँगी र नगर प्रमुख नरुलाल चौधरीले नगद ३ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गर्नुभएको हो ।

त्यसैगरी, गोरक्ष दैनिकका सुलोचना गौतम र ईन्द्रेणी अनलाइनका केशरमान बिसीलाई पनि उपमहानगरले सोही राशीसहित पुरस्कृत गरेको छ । उपमहानगरले एक सय वर्ष पुगेका ४ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

घोराही–१४ निबासी १ सय ७ वर्षिय हरिप्रसाद श्रेष्ठ, १ सय ५ वर्षिया सानीकुमारी रावत, घोराही–३ निवासी १ सय ५ वर्षिय गंगाराम चौधरी र घोराही–१८ निवासी १ सय वर्षिया विनीकुमारी रोकालाई जनही २ हजार ५ सय रुपैयाँ, दोसल्ला, एक थान लौरो र सम्मान पत्र प्रदान गरिएको छ ।

त्यसैगरी २०७३ सालको एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ । पद्मोदय पब्लिक नमुना मावि भरतपुरका ‘ए’ प्लस ल्याउने वसन्त सुवेदी, सुधिर भण्डारी, सन्देश रिजाल, सलोन अधिकारी, विवेक शर्मा, दलिततर्फ सरा प्रधान नेपालीलाई उपमहानगरले पुरस्कृत गरेको छ ।

त्यस्तै ‘ए’ ग्रेड ल्याउने बालविकास माविका गौरव विक र मावि रतनपुर हापुरका विष्णु नेपालीलाई पनि उपमहानगरले पुरस्कृत गरेको छ । त्यसैगरी कर्मचारी प्रोत्साहनतर्फ दीर्घ सेवा कर्मचारीका रुपमा शेरबहादुर थापा र कुमारसिंह पुनमगरलाई जनही ३ हजार रुपैयाँ र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।

उपमहानगरले फोहोर मैला व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न टोलविकास संस्थाहरुलाई पुरस्कृत गरेको छ । भृकुटी नगर टोल, सरस्वती टोल, रामजानी टोल, पिपलबोट टोल, काठेकोहोल टोल, नौलो टोल विकास संस्थालाई र सरसफाईमा कर्मचारी राख्ने टोल विकास संस्थाहरुलाई उपमहानगरले पुरस्कृत गरेको छ ।

स्थापना दिवसको अवसरमा साहित्यतर्फ डा. गोविन्द आचार्य, कला तथा संस्कृतितर्फ लालप्रसाद चौधरी, बालबालिकातर्फ हिमालय शान्ति र विकास अभियान संस्था र शान्ति बालगृह पर्सालाई सम्मान गरेको छ । यस्तै महिलाको अधिकार र न्यायतर्फ शौभाग्य महिला वचत तथा ऋण सहकारी संस्था र जागृति बचत तथा ऋण सहकारी संस्थालाई पनि उपमहानगरले सम्मान गरेको छ ।

उपमहानगरले उत्कृष्ट करदाताहरु धु्रवकुमार श्रेष्ठ, गोविन्दबहादुर चौधरी, पूर्णबहादुर बुढामगर, रीता श्रेष्ठ, रमेशकुमार राजभण्डारी र भुकम्प प्रतिरोधी घर निर्माणकर्मी दीपकबहादुर चौधरीलाई पनि सम्मान गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१