दाङ व्यापारिक तथा पर्यटन महोत्सवको उपसमिति गठन
दाङ उद्योग वाणीज्य संघले महोत्सव सफल पार्नका लागि दिनँहु जसो गठन भएका विभिन्न उपसमितिहरुले सरोकारवाला निकायहरुसँग छलफल गरिरहेका छन् ।
धार्मीक उपसमितिका संयोजक विन्दु दाहालको अध्यक्षता एवं महोत्सव मुल आयोजक समितिका सहसंयोजक उद्योग उपाध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यता एवं दाङ उद्योग वाणीज्य संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नारायणप्रसाद भुसालको विशिष्ट आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रमले विन्दु दाहालको संयोजकत्वमा रहेको महिला उद्यमी तथा धार्मीक उपसमितिले शनिबार धार्मीक उपसमिति बिस्तार गरेको छ ।
उपसमितिको उपसंयोजकमा प्रेम शाह, शारदा पोख्रेल, उदय डाँगी, विष्णु कालाथोकी, भोलानाथ योगी, कुमुद पोख्रेल, निमानन्द रिजाल, पूर्णबहादुर भण्डारी, विष्णुराम आचार्य, दिपेन्द्र न्यौपाने, भुपलाल रोकामगर, गीता दिदी, निर्मला न्यौपाने, मीना विष्ट रहेको धार्मीक उपसमिति बिस्तार गरिएको छ ।
यसैगरी शनिबार बसेको बैठकले उपसमितिमा दाङका सबै धार्मीक समितिका व्यक्तिहरुलाई सदस्यमा राख्ने, महोत्सव अवधिभर हरेक दिन बिहान ५ वजेदेखि ६ वजेसम्म दैनिक रुपमा योग शिविर सञ्चालन गर्ने,योगको प्रचार प्रसार र यसको प्रभावकारिता बारे जानकारी गराउन महोत्सव अवधिभर दिउसोमा प्रवचन गर्ने, दाङको धार्मीक एवं पर्यटकीय क्षेत्रको विकासका लागि स्वर्गद्वारी प्रभु महाराजको प्रतिमा मुर्ति र पाण्डवेश्वर मन्दिर धारापानीको त्रिशुल र शिवलिंगको नमुना महोत्सव स्थलमा राखिने पनि बैठकले निर्णय गरेको छ ।
त्यस अवसरमा महोत्सव मुल आयोजक समितिका सहसंयोजक एवं कार्यक्रमका प्रमुख अतिथि वसन्त भुसालले दाङ उद्योग वाणीज्य संघले लगाउन थालेको महोत्सव स्थानीय उत्पादनलाई प्रवद्र्धन र वजारीकरणका लागि महत्वपूर्ण थलो रहेकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणाीज्य संघका अध्यक्ष नारायाणप्रसाद भुसालले यसपटकको महोत्सवले स्थानीय उत्पादन स्थानीय लघुउद्यमीहरुलाई बाहिर ल्याउन र उनीहरुको उत्पादित वस्तुलाई वजारीकरण गर्न कोशेढुंगा सावित हुने बताउँदै यसलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक माया पोख्रेलले महोत्सव दंगालीको साझा र आफ्नै महोत्सव भएकाले यसलाई सफल पार्नु सबैको कर्तव्य भएको बताउँदै सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण रामप्रसाद पोखे्रलले गर्नुभएको थियो ।



Leave a comment