ताजा अपडेट

राज्यले रोजगारको ग्यारेन्टी गर्नुपर्छ

          |   175 Views   |   Published Date : 28th January 2018 |

मुलुकमा दिनप्रतिदिन बेरोजगारी समस्या बिकराल बन्दै गइरहेको विभिन्न अध्ययनले देखाएको छ । बेरोजगारी समस्या राज्यले छिटोभन्दा छिटो समाधान गर्न सकेन भने एकातिर ठूलो जनशक्ति त्यसै बसेर दिन बिताउने वातावरण बन्नेछ भने अर्काेतिर लाखौं युवा जनशक्ति विदेशीन बाध्य हुनेछन् ।

राज्यको नीति लागु गर्न सकेमा मुलुकमा रहेका सबै जनशक्ति कामकाजी बन्नेछन् । जबसम्म जनशक्तिहरु कामकाजी बन्दैनन् तबसम्म मुलुक समृद्ध हुनैसक्दैन । विकसित मुलुकहरुले बेरोजगारी समस्या आउन नदिनका लागि राज्यस्तरबाटै प्रभावकारी कार्यक्रम बनाएको हामीले पाएका छौं । यसका लागि सीपयुक्त शिक्षा पहिलो कडी हो ।

नेपालमा बेरोजगार समस्या बढ्नुको पहिलो कारण राज्यको खराब शिक्षानीति पनि एक हो । यदि राज्यले सीपयुक्त व्यवहारिक, वैज्ञानिक, सिर्जनशील, विषयगत शिक्षा प्रदान गर्नसकेको भए आज मुलुक यतिधेरै बिपन्नताको खाडलमा जकडिने थिएन, न मुलुकमा बेरोजगारी समस्या बढ्ने थियो ।
मुलुक राजनीतिक संकटको भूमरीमा पिल्सिएको छ । यस्तो भूमरीबाट उस्कन नसक्दासम्म बेरोजगारी समस्या पनि समाधान हुन सक्दैनन् । यसका लागि राजनीतिक नेतृत्व जो राज्य सञ्चालनको अगुवा बन्छ, त्यस्तो पदमा बस्नेले नै सबैको साथ, सहयोग लिने गरी सही नीति, कार्यक्रमहरु तर्जुमा गर्नुपर्छ । बेरोजगारी समस्यालाई समाधान गर्ने सवालमा पनि राज्य गम्भीर बन्न जरुरी छ ।

मुुलुकको कतिपय क्षेत्रलाई सही तवरबाट देशको मूल कानून अर्थात् संविधानले डो¥याउने गर्दछ । राज्यले निर्माण गरेका कतिपय नीति, नियम, योजनाहरु परम्परागत ढर्राबाट अगाडि बढेका छन् । यस्ता खराब नीति, नियमहरुलाई परिमार्जित गर्दै नयाँ सोंच र चिन्तनका साथ संविधानसभाले मुलुकको व्यरोजगारी हल गर्ने उपाएको खोजी गर्नुपर्छ ।
राज्यको मातहतमा रहेका अधिकांश सरकारी कार्यालयहरुमा अहिले पनि वर्षौंवर्षसम्म कार्य गर्न पाउने नियम छ । जसले गर्दा सरकारी सेवामा प्रवेश गर्ने व्यक्ति उमेरको हद ननाघ्दासम्म पदमुक्त हुँदैनन् । जसले गर्दा दिनहुँ शिक्षित व्यक्तिहरु व्यरोजगारको संख्याभित्र कैद हुन्छन् । निश्चित समयसम्म सेवा गर्ने, उमेर वा अन्य कुनै बाहनामा २० वर्ष भन्दा बढि सेवा गर्नै नपाउने नीति, नियम राज्यले बनाउनुपर्छ ।

यसका साटोमा सेवा अवकाश हुँदा राज्यका तर्फबाट दिइने सेवा सुविधा बढाउन सकिन्छ । यी र यावत कुराहरुमा गम्भीर तवरबाट चिन्तन् मनन् गर्दै राज्य सञ्चालकहरु अगाडि बढेमा मात्र मुलुकको व्यरोजगार समस्या समाधान हुनेछ । अन्यथा नेपाल व्यरोजगारको थलो बन्नेछ । व्यथिति, अराजकता, हिंसाबाट ग्रस्त भइरहनेछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१