ताजा अपडेट

चर्चित लेखक सविन प्रियासनको अर्को उपन्यास सहनशिला छिट्टै बजारमा आउदै

          |   463 Views   |   Published Date : 28th January 2018 |

sabin-660x330

दाङ, माघ १४ । युवा पुस्ताका चर्चित लेखक सविन प्रियासनको अर्को उपन्यास बजारमा आउने अन्तिम तयारीमा छ ।

प्रियासनले अहिले सहनशिला नामको उपन्यास बजारमा ल्याउने तयारी गरीरहनु भएको छ । माघ महिनाको तेस्रो साताबाट प्रियासनको उपन्यास बजारमा आउने भएको प्रकाशक ब्रदर बुक्सले बताएको छ ।

दाङमा बसेर लेखनीमा सक्रिय प्रियासनको यस अगाडी पल्लवी उपन्यास प्रकाशनमा आईरहेको छ । त्यसअगाडी पनि प्रियासनको पुनरागमन, भुमरी जस्ता उपन्यासहरु बजारमा आएका छन । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष समेत रहनु भएका उपन्यासकार प्रियासनको प्रकाशन हुन थालेको सहनशिला उपन्यास काठमाण्डौ मै विमोचन हुने तयारी भैरहेको प्रियासनले जानकारी दिनुभयो ।

सामाजिक विषयबस्तुमा आधारित उपन्यास सहनशिला महिला पात्रलाई प्रमुख पात्रको रुपमा प्रस्तुत गरीएको उपन्यास हो । ‘एउटा महिला पात्रले आफुलाई समाजमा सक्षम र बलियो बनाउनका लागि उस्ले जुध्नु पर्ने विषयहरुलाई सहज रुपले प्रस्तुत गर्ने काम गरेको छु ।’ प्रियासनले भन्नुभयो, ‘जस्ले जीवनमा चोट, पीडा र ठक्करहरु खाँदैन त्यसले सफलता प्राप्त गर्न सक्दैन भन्ने सन्देश दिन खोजेको छु ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१