ताजा अपडेट

चीनमा आमिर खानको ‘सिक्रेट सुपरस्टार’को कीर्तिमान, कमाइ ३ सय करोड नजिक

          |   170 Views   |   Published Date : 27th January 2018 |

718853684superstar

मुम्बई (एजेन्सी)– आमिर खानको ‘सीक्रेट सुपरस्टार’ फिल्मले चीनमा सोचेभन्दा राम्रो व्यापार गरेको छ। यो फिल्मले चीनको बक्स अफिसमा पहिलो साता नै सबैलाई चकित पार्ने व्यापार गरेको छ। चिनियाँ बक्स अफिसको रिपोर्टअनुसार ‘सीक्रेट सुपरस्टार’ को पहिलो साताको कमाई २ सय ९३ करोड १८ लाख पुगेको छ।

फिल्मी समीक्षकले यो रकम आठौ दिनमा ३ सय करोडभन्दा माथि जाने अनुमान गरेका छन्। बलिउडका फिल्मी व्यापार समीक्षक तरण आदर्शले ट्विटमार्फत यो जानकारी दिएका थिए।

फिल्मले पहिलो दिन ६८ दशमलव ९ लाख डलर, शनिवार १०५ दशमलव ४ लाख डलर, आइतबार ९८ दशमलव ९ लाख डलर, सोमबार ५० दशमलव १ लाख डलर, मंगलबार ४८ दशमलव ७ लाख डलर, बुधबार ४५ दशमलव २ लाख डलर र विहिबार ४२ दशमलव ३ लाख डलरको कमाई गरेको बताइएको छ। फिल्मले सात दिनमा ४ दशमलव ४१ करोड डलर अर्थात भारु २९३ दशमलव १९ करोडको कमाई गरेको हो।

‘सीक्रेट सुपरस्टार’ ले चीनमा आमिर खानको ‘दंगल’ को कमाईलाई पनि पछाडि छोडेको हो। चीनले आफ्नो संस्कृतिसँग जुडिएको विदेशी फिल्मलाई मात्र रिलिज गर्ने मौका दिने गरेको छ। यसमा आमिर भाग्यमानी सावित भएका छन्।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१