ताजा अपडेट

एमालेकाे चेतावनी: नवराज सिलवाललाई पक्राउ गरे गम्भीर परिणाम भोग्नुपर्ने

          |   122 Views   |   Published Date : 23rd January 2018 |

nawarawj-islwal-5a3c583db8f033-5a4c2836724fd2-5a6141cf6fc9e0.40160177

काठमाडौँ । एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए।

जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर देउवा नेतृत्वको सरकारको दबाबमा नोटिस जारी गरिएको भन्दै एमालेले पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ।

‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधि पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१