उपभोक्ता महासंघ नेपालको अध्यक्षमा खड्का
घोराही, माघ । विश्व उपभोक्ता महासंघ नेपालको अध्यक्षमा आजाद खड्का चयन हुनुभएको छ । महासंघ नेपालको दाङ शाखाको भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो । सोमबार घोराहीमा सम्पन्न भेलाबाट महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका खड्का अध्यक्षमा चयन हुनुभएको हो । भेलाले दाङका १० वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी १३ सदस्यीय जिल्ला तदर्थ समितिमा गठन गरेको हो । उपभोक्ता महासंघ दाङ शाखाको उपाध्यक्षमा डा.लोकराज पराजुली, सचिवमा गोपाल भण्डारी, कोषाध्यक्षमा गंगा पाण्डे, सदस्यहरुमा जया चौधरी, ताराप्रसाद भुसाल, देव यादव, चम्पकराज कार्की, खिमबहादुर वली, नन्दकिशोर पुन, शान्ति चौधरी, पदम खड्कालगायत रहनुभएको छ । भेलाले दाङ जिल्लाको १० वटै स्थानीय तहको भेलाका लागि संयोजक पनि तोकेको छ । जस अनुसार बबई गाउँपालिकाको संयोजकमा पदम खड्का, शान्तिनगर गाउँपालिकाको संयोजकमा गोपाल भण्डारी, दंगीशरण गाउँपालिकाको संयोजकमा जया चौधरी, तुलसीपुर उपमहानगरपालिकाको संयोजकमा खिमबहादुर वली, सह–संयोजकमा नन्दकिशोर पुन, घोराही उपमहानगरपालिकाको संयोजकमा डा.लोकराज पराजुली, सह संयोजकमा शान्ति चौधरीलाई जिम्मा दिएको छ । त्यसैगरी लमही नगरपालिकाको संयोजकमा गंगा पाण्डे, राप्ती गाउँपालिकाको संयोजकमा चम्पकराज कार्की र गढवा गाउँपालिकाको संयोजकमा देव यादव रहनुभएको छ । राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिकाको संयोजकमा जिल्ला कार्यालयले मनोनयन गर्ने निर्णय भएको छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed