ताजा अपडेट

शिक्षा क्षेत्रको सुधारकन लागि ठोस योजना आवश्यक

          |   171 Views   |   Published Date : 23rd January 2018 |

   सविन प्रियासन

22894543_501999690169020_2704701790234596114_n

मुलुकको समृद्धिको आधार शिक्षा हो । शिक्षाको स्तरमा सुधार भएमा मुलुक सोतः समृद्धिको मार्गमा अगाडि बढ्छ । नेपालको शिक्षा क्षेत्रको समग्र मूल्यांकन गर्दा सन्तोष लिने ठाउँ छैन । अहिले पनि हजारौं बालबालिकाहरु विद्यालय जानै नपाउने स्थितिमा छन् ।

विद्यालय गए पनि अध्ययनलाई निरन्तरता दिन नपाउने अवस्थामा सयौं बालबालिकाहरु भएकाले उनीहरुलाई विद्यालय भर्ना गर्नुका साथै राज्यले विपन्न बालबालिकालाई सहजरुपमा अध्ययनको वातावरण मिलाउन जरुरी छ । विपन्न बालबालिकाका लागि निःशूल्क शिक्षा, निःशूल्क शैक्षिक सामग्री वितरण र छात्रवृत्तीको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्छ ।

त्यसैगरी सरकारकातर्फबाट बालबालिकालाई छुट्याउने सहयोग सम्बन्धितका नाममा नै खर्च हुने परिपाटी मिलाउनेतर्फ पनि ध्यान दिनुपर्छ । अन्य जिल्लाको तुलनामा दाङमा शिक्षाको अवस्था राम्रो छ । तर, पनि सन्तुष्ट गर्ने ठाउँ भने त्यति छैन ।
पछिल्लो समयमा विषयगत पढाइ सुरु भएका छन् । तर, यहाँका सबै बालबालिकाका लागि सहजरुपमा पहुँच पुग्नेगरी शैक्षिक क्षेत्रलाई सूचारु गर्न अझैं पनि सकिएको छैन । राजधानी र ठूलो सहरहरुमा भन्दा सुपथ मूल्यमा विषयगत पढाइ जिल्लामै गर्न सकिने भए पनि यसमा पनि धेरै कुराहरुको सुधार आवश्यक छ । जसका कारण शिक्षा क्षेत्रको पहुँचबाट अहिले पनि धेरै बञ्चित छन् । यी र यस्ता कुराहरुलाई विश्लेषण गर्दा राज्यले केन्द्रीय तहबाटै शैक्षिक क्षेत्रको सुधार र विकासका लागि धेरै कामहरु गर्न बाँकी छ ।
संघीय संविधान निर्माण भइसकेको अवस्थामा अब नेपालको शिक्षालाई बहुउपयोगी बनाउने र सर्वसुलभ बनाउने सवालमा ध्यान दिनु जरुरी छ । शिक्षा चेतनाको भण्डार हो । यसलाई जति धेरै उपयोग गर्न सकिन्छ, जति धेरै व्यक्ति शिक्षामा समर्पित हुन्छन्, मुलुकको चौतर्फी विकास तीब्र गतिमा हुन्छ ।

यस अर्थमा शिक्षा जस्तो अत्यावश्यक र गौरवमय विषयलाई अन्य तुलनासँग दाँजेर यसको पहुँचबाट कसैलाई पनि बञ्चित राख्नु हुँदैन । शिक्षाको कुनै जात, रंग, वर्ग नहुने भएकाले यसको श्रवण सम्पूर्ण जनताले गर्न पाउनुपर्छ । दाङ जिल्लामा सरकारी र गैरसरकारी क्षेत्रबाट शिक्षाको सकारात्मक माहोल निर्माण गर्नका लागि विभिन्न गतिविधिहरु भएको हामीले पाएका छौं ।

भविष्यमा समेत सबै पक्षले शिक्षाको गरिमालाई बढाउने सवालमा ध्यान दिन सक्यौं भने निश्चित रुपमा जिल्लाको शैक्षिक अवस्था सन्तोषजनक हुनेछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१